Connect with us
Kapilvast Forest

यस्ताे छ आजकाे देशभरकाे माैसम, लुम्बिनि प्रदेशका धैरै स्थानमा वर्षाकाे सम्भावना

२०७९, ९ असार बिहीबारमा प्रकाशित

काठमाडौं – आज मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थान तथा कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

प्रदेश १ का एक वा दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको छ ।

अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व(पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

शुक्रबार दिउँसो प्रदेश १ को एक-दुई स्थानमा तथा राति प्रदेश १ सहित गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

शनिबार प्रदेश १, बागमती र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu