Connect with us
Kapilvast Forest

पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जना प्रहरी नियन्त्रणमा

२०७९, १९ असार आईतवारमा प्रकाशित

हुुम्ला- ग्रेट हिमालयन ट्रेलको यात्रा गर्दै गर्नु भएका एक जना पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नाम्खा गाउँपालिका–५ को नारा लेखबाट हिल्सा जादै गरेका पर्यटकबाट सडकमा काम गर्ने कामदारले लुटपात गर्न खाजेका थिए ।

प्रहरी निरीक्षक दिपक मल्लका अनुुसार जर्मन नागरिक ३८ वर्षका मेटियर्स इक्मालाई हिल्सा सिमकोट सडक आयोजनाको नारा लेकमा काम गर्दै गरेका कामदारहरुले शनिवार दिउसो ३ः०० बजे लुटपात गरेको उजुुरीको आधारमा नियन्त्रणमा लिएको बताउनुुभयो । उहाँले पर्यटकलाई लुटपात गर्ने कामदारहरुमा हिमाल सुनार, कमल थापा, छविलाल बस्नेत, माधव थापा, गणेश सुनार खेम सुनार र विजय बिष्ट रहेको उहाँहरु सबै १७ देखि १९ वर्ष उमेर समुहका रहनुु भएको छ । उहाँहरु सबै दाङ जिल्लको घोराही र तुलसीपरका रहेको छन् ।

उहाँले नियन्त्रणमा लिएका सातै जनाले प्रहरीलाई स्थलगत रुपमा दिएको बयान अनुुसार पर्यटक एक्लै भएकोले पैसा होला भनेर शरिर तथा झोला खोजतलास गरेको उल्लेख भएको बताउनुुभयो । पर्यटकसंग तीन हजार भएको पाईएको प्रारम्भिक बयानमा बताएको जानकारी प्राप्त भएको छ । प्रहरी नियन्त्रणमा रहेका सातै जनालाई जिल्लामा ल्याउने कार्य भई रहेको छ । पुुर्बको कन्चनजंघा हिमालबाट ती पर्यटक हुम्लाको हिल्सासम्मको पैदल यात्रामा रहनुु भएको थियो । शनिवार उहाँको हिल्सा पुुग्ने कार्यक्रम रहेको थियो । उजुुरी दिएपछि उहाँलाई पनि प्रहरी जिल्ला प्रहरी कार्यलयमा ल्याउने कार्य भई रहेको बताएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu