Connect with us
Kapilvast Forest

बल्खुमा भ्यानको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु: आमा घाइते

२०७९, १९ असार आईतवारमा प्रकाशित

काठमाडौंको-  बल्खुमा आइतबार दिउँसो भ्यानले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।
भारतको महाराष्ट्र घर भई काठमाडौं बस्दै आएका ५ वर्षीय आयुष बन्सुरको मृत्यु भएको काठमाडौं प्रहरीका डिएसपी निरन्जन भट्टले जानकारी दिए।

उनका अनुसार बा १३ च ६४१९ नम्बरको टाटा भ्यानले दिउँसो बल्खु बजार नजिकै पैदल यात्रीलाई ठक्कर दिएको थियो।
‘भ्यानले आमाछोरालाई ठक्कर दिएको हो,’ उनले भने, ‘आमाले ५ वर्षीय छोरालाई काखमा बोकेकी थिइन्।’

ठक्करबाट गम्भीर घाइते भएका आमाछोरालाई उपचारका लागि वयोधा अस्पताल लगिएको थियो। उपचारका क्रममा बालकको मृत्यु भएको हो। उनकी आमाको अवस्था भने खतरामुक्त छ।
भ्यानका चालक बाग्लुङका २२ वर्षीय सुवास खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu