Connect with us
Kapilvast Forest

वडाका युवा क्लबलाई खेलकुद सामाग्री

२०७९, २० असार सोमबारमा प्रकाशित

शिवराज नगरपालिका वडा न ९ का युवा क्लबलाई वडाले खेलकुद सामाग्री वितरण गरेको छ । आइतबार शिवराज नगरपालिका ९ ले एक कार्यक्रमको आयोजना जना गरि समाजिक ,खेलकुद क्षेत्रमा क्रियाशील युवा क्लब सुर्यमुखी युवा क्लब बिजगौरी ,र गोल्डेन स्टार युवा क्लबलाई ३ वटा फुटबल र क्रिकेट खेल प्रयोग हुने ब्याट ,बल ,ग्लोब र स्टम्प वितरण गरेको हो ।
खेलकुद सामाग्री वितरण गर्दै वडा अध्यक्ष रामगोपाल चौधरीले वडाका समाजिक कार्य र खेल क्षेत्रमा सक्रिय युवा क्लबलाई प्रोत्साहन स्वरूप सामाग्री वितरण गरीएको बताउनु भयो । पछिल्लो समय युवाहरु अनलाइन गेम र कुलत तिर फस्दै गएकाले वडाका सबै युवा क्लबले खेलकुद र सामाजिक गतिविधिमा युवाहरूलाई सहभागी गराउन सके युवाहरू कुलतमा फस्ने सम्भावना कम हुने चौधरीले जानकारि दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu