Connect with us
Kapilvast Forest

बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षाबीच मतदान सुरु

२०७९, २३ असार बिहीबारमा प्रकाशित

बाजुराको बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षाबीच बिहान ७ः०० बजेदेखि मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा बूढीगङ्गा नगरपालिकाको अधिकांश मतदान स्थलमा धाँधली हुँदा यहाँको मतगणना रोकिएपछि असार २३ गतेका लागि पुनः निर्वाचन तय भएको हो ।

बूढीगङ्गा नगरपालिकाका १० वटै वडामा रहेका मतदान केन्द्र र १९ वटा उपकेन्द्रमा अहिले कडा सुरुक्षाबीच मतदान भइरहेको निर्वाचन अधिकृत हष्टबहादुर कडायतले बताउनुभयो । उहाँका अनुसार अहिले बूढीगङ्गा नगरपालिकाका सबै मतदान केन्द्रमा सव्य र मर्यादित तरिकारले मतदान भईरहेको छ ।

यसअघि मतदान गर्नबाट वञ्चित भएकाले अहिले राम्रो सुरक्षाबीच ढुक्कका साथ मतदान गर्न पाएका छन् । बूढीगङ्गा नगरपालिका वडा नं ३ का स्थानीय मोतीकला रौलेले यसपटक आफ्नै हातले मत दिएर आउन पाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ पहिला हामी घरबाट मतदान गर्न जान्थ्यौं । तर उता गएपछि हातबाट भोटकाड खोसेर अर्कैले मत हालिदिन्थे । यसपटक पनि लफडा हुन्क की भन्ने डर थियो । तर अहिले सुरक्षा पनि राम्रो र आफैले मतदान गर्न पाउने ब्यवस्था रहेछ ।

१० मतदान स्थल र १९ उपमतदान केन्द्र रहेको सो पालिकाको निर्वाचन सम्पन्न गर्ने गरी ९५ कर्मचारी सहित सयौं सङख्यामा सुरुक्षाकर्मी समेत खटिएका छन् । प्रत्येक केन्द्रमा ३ जनाको दरले स्वंसेवक समेत व्यवस्था गरेको निर्वाचन अधिकृत कडायतले बताउनुभयो ।

उहाँका अनुसार आज भइरहेको बूढीगङ्गा नगरपालिकाको निर्वाचनको १० वटा मतदान तथा १९ वटा उपमतदान केन्द्रमा १३ हजार ६५९ मतदाताले दतदान गर्नेछन् । सबै मतदान केन्द्रमा राम्रोसँग मतदान भइरहेको पनि निर्वाचन अधिकृत कडायतले बताउनुभयो ।

वैशाख ३० गतेका दिनमा भएको स्थानीय निर्वाचनमा त्रसित बन्दै गएका बूढीगङ्गाबासीले यती बेला खुला मनले आफुले रोजेको उम्मेदवारलाई मत दिन पाएको मुख्य निर्वाचन अधिकृत माधव धिमिरेले बताउनुभयो ।

निर्वाचनलाई भयरहित तरिकाले सम्पन्न गर्ने गरी नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल शसस्त्र प्रहरी, अनुसन्धान विभाग गरी चारवटा तहका सुरक्षाकर्मीको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाले बताउनुभयो ।

देशभरीमा एक मात्र निर्वाचन भएकोले त्यसलाई भएरहित तरिकाले सम्पन्न गर्नेगरी सबै खालको सुरक्षा व्यस्था गरिएको छ । बूढीगङ्गावासीले बेलुकासम्म ढुक्क तवरले आफ्नो मतदान गर्न पाउने प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu