Connect with us
Kapilvast Forest

हवाई भाडा वृद्धि

२०७९, २३ असार बिहीबारमा प्रकाशित

काठमाडौँ- नेपाल वायु सेवा सञ्‍चालक सङ्घले आन्तरिक तर्फको हवाई सेवाको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै सङ्घले बिहीबारदेखि लागू हुनेगरी भाडा वृद्धि गरेको हो । नयाँ हवाई भाडाअनुसार न्यूनतम ४५ रुपियाँदेखि अधिकतम २२० रुपियाँसम्म वृद्धि भएको छ ।

सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा २२० रुपियाँले भाडा बढेको छ भने सबैभन्दा कम काठमाडौँ–सिमराको ४५ रुपियाँले भाडा बढेको छ । सिमराको नयाँ भाडादर चार हजार २४० रुपियाँ कायम गरिएको छ । नयाँ भाडा दरअनुसार काठमाडौँबाट पर्वतीय उडानको भाडा १७० रुपियाँ वृद्धि भई प्रतिव्यक्ति १४ हजार ८९० रुपियाँ पुगेको छ । हवार्ई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर पाँच रुपियाँले वृद्धि भएपछि भाडा वृद्धि भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu