Connect with us
Kapilvast Forest

चुनावका लागि तोकेको खर्च अव्यावहारिक छ : पूर्व प्रमुख आयुक्त पोखरेल

२०७९, २३ असार बिहीबारमा प्रकाशित

काठमाडौं- पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आयोगले चुनावका लागि तोकेको खर्च अव्यवहारिक भएको आरोप लगाउनुभएको छ।बिहीबार लोकतान्त्रिक विकास केन्द्र र सुशासन पाठशालाको संयुक्त आयोजनामा आर्थिक सुशासन र निर्वाचन विषयक अन्तरक्रियामा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले निर्वाचनमा उम्मेदवारी दिएका नेताले नै निर्वाचन आयोगले तोकेको भन्दा ८ गुणा बढी रकम खर्च हुने उल्लेख गरेको भन्दै यो अव्यवहारिक भएको बताउनुभएको हो।पोखरेलले निर्वाचनमा धेरै पैसा खर्च हुने चिन्ता मात्र नभइ राजनीतिज्ञलाई पैसाले किन्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो।

उहाँले निर्वाचन संयन्त्र अपराधीको पकडमा जानुले पनि समस्या सिर्जना भइरहको बताउनुभयो।पोखरेलले निर्वाचनको परिणामलाई पैसाले किन्नुपर्ने बाध्यता सिर्जना हुनुले देशलाई क्षति पुग्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले चुनाव खर्च जुन तोकेको छ त्यो अव्यवहारिक छ।कसैले पनि त्यो पैसाले निर्वाचन हुनसक्छ भन्न सक्दैन। धेरै खर्च हुनुमात्रै चिन्ता नभएर राजनीतिज्ञलाई पैसाले किन्यो।अर्को कुरा निर्वाचन संयन्त्र अपराधीको पकडमा गएपछि कुन बाटो समाउँछौँ गुड गभर्नेन्स वा अन्य ?

पोखरेलले चुनावमा खर्च गर्न आउने बाहिरी पैसाको श्रोत खोज्न आवश्यक रहेको बताउनुभयो।उहाँले निर्वाचनताका कालो धनलाई सेतो बनाउन मिल्ने भएकाले बाहिरी पैसा ल्याउन हुने चलखेलले देश दुर्घटनातर्फ जाने चेतावनीसमेत दिनुभयो।

चुनावमा खर्च गर्ने पैसा कहाँबाट आउँछ, कालो हो कि सेतो ? मुलुकभित्रको कि, बाहिरको हो ? किनभने संसारका धेरै मुलुकमा मुलुकभन्दा बाहिरबाट आएको निर्वाचनको खर्चले मुलुकको राजनीतिमा प्रभाव पारेका कुरा छन्।हाम्रोमा यदि त्यो प्रतिस्पर्धा हुने हो भने हामी कहाँ पुग्छौँ डर लागेको छ, उहाँले भन्नुभयो।

पोखरेलले पार्टीका कारण स्थानीय निर्वाचन स्थानीय जस्तो नभएको भन्दै पार्टी बिनाको स्थानीय निर्वाचन प्रणालीमा जान मुलुकले सोच्नुपर्ने बताउनुभयो।उहाँले मतदाता नामावली दर्ता निर्वाचन आयोगले गर्न जरुरी नरहेको र संघीय प्रणालीमा गइसकेपछि यो काम स्थानीय सरकारले गर्ने बताउनुभयो।उहाँले निर्वाचनको निष्पक्षतामाथि आर्थिक प्रभावले ठूलो अवरोध खडा गरेको भन्दै निर्वाचनको सुरक्षा स्थानीय निकाय र राजनीतिक दललाई दिनुपर्ने प्रस्ताव अघि सार्नुभएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu