Connect with us
Kapilvast Forest

आइतबारको बिदाले विश्वराजलाई घाटा: इजलासबाट सुनुवाइको मिति कुर्दै सर्वोच्च प्रशासन

२०७९, २३ असार बिहीबारमा प्रकाशित

मुस्लिम धर्मावलम्बीहरूको पर्व इदका कारण असार २६ गते सरकारले विदा दिने घोषणा गरेपछि प्रहरी महानिरीक्षक विरुद्धको मुद्दाको सुनुवाइ फेरि धकेलिएको छ । यसअघि आइतबारका लागि पेसी तोकिएको भएपनि आइतबार विदा परेपछि उक्त मुद्दामाथिको सुनुवाइ फेरि धकेलिने भएको छ । सरकारले आफूभन्दा कनिष्ठ एआइजी धीरजप्रताप सिंहलाई आइजीपीमा नियुक्ति गरेको भन्दै एआइजी विश्वराज पोखरेल सर्वोच्च अदालत पुगेपछि लामो समयदेखि उक्त मुद्दाको सुनुवाइ भइरहेको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा.कुमार चुडालको संयुक्त इजलासमा हेर्दाहेर्दैमा राखिएको उक्त मुद्दा सातामा एकदिन सुनुवाइ हुने गरेको थियो । असार १९ गते पेसीमा चढेको उक्त मुद्दाको सुनुवाइपछि असार २६ गते आइतबारका लागि पेसी तोकिएको थियो । तर आइतबार सार्वजनिक विदा परेपछि उक्त मुद्दाको पेसी कहिले पर्ने यो टुङ्गो लागेको छैन ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार हेर्दाहेर्दैमा रहेको कारण कामु प्रधानन्यायाधीश र न्यायाधीश कुमार चुडालको इजलासले सुनुवाइका लागि अर्को मिति दिएपछि मात्रै सुनुवाइको मिति तोकिने छ । उनीहरुले सुनुवाइका लागि मिति नतोकेसम्म उक्त मुद्दाको पेसी अन्योलमै रहेको छ ।

सर्वोच्चले पक्ष र विपक्षमा बहस गर्ने अधिवक्ताहरूलाई असार २३ गतेभित्रै बहस नोट पेस गर्न भनिएको थियो । बहस नोट पेस भएपछि असार २६ गते सुनुवाइ गरी टुङ्गो लगाउने वा अन्य आदेश गरेर सुनुवाइका लागि अर्को मिति तोक्ने वा निसुका लागि मिति तोक्ने सम्भावना रहेको थियो । तर आइतबार विदा परेपछि अब अर्को आइतबारसम्म सुनुवाइका लागि कुर्नुपर्ने वा न्यायाधीशहरूले सुनुवाइका लागि मिति तोकेर सर्वोच्च प्रशासनमा पठाएपछि चाँडै नै सुनुवाइको मिति तोकिने हो टुङ्गो लागेको छैन ।

यो विदाले एआइजी विश्वराजलाई थप घाटा भएको छ । अनिवार्य अवकाश पाउन २५ दिन मात्रै बाँकी रहेको कारण यो मुद्दामा जति विलम्ब भयो विश्वराजलाई त्यति नै घाटा हुन्छ । साउन १९ गतेभित्र उक्त मुद्दाको टुङ्गो नलागेमा एआइजी विश्वराज पोखरेल अनिवार्य अवकाशमा जानेछन् र आइजीपी नियुक्तिसम्बन्धी अदालतमा विचाराधीन मुद्दाको औचित्य सकिनेछ ।यसअघि कामु प्रधानन्यायाधीश दीपककुमार कार्की हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ-सम्पादक

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu