Connect with us
Kapilvast Forest

माओवादीले नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने

२०७९, २३ असार बिहीबारमा प्रकाशित

नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने भएको छ । पार्टी केन्द्रीय समिति बैठकबाट पदाधिकारीको टुंगो नलागेपनि वरिष्ठ उपाध्यक्षमा श्रेष्ठलाई बनाउने तयारी गरिएको हो । बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीमा सबैको टुंगो लागेपनि महासचिव र उपमहासचिवमा थोरै मिलाउनुपर्ने भएकाले २÷४ दिनको समय मागेका हुन् ।

वरिष्ठ उपाध्यक्षमा श्रेष्ठलाई नै बनाउने पक्का पक्की भएपनि सबै पदाधिकारीको टुंगो नलागेकाले घोषणा नगरिएको हो । श्रेष्ठ यसअघि तत्कालिन नेकपा सचिवालय सदस्य एवम पार्टी प्रवक्ताको जिम्मेवारीमा थिए । माओवादीमा भने प्रचण्डपछि दोस्रो वरियतामा श्रेष्ठ रहने भएका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu