Connect with us
Kapilvast Forest

मेयर कलामको पहलमा दुई विद्यालयको भवन उद्घाटन

२०७९, २३ असार बिहीबारमा प्रकाशित

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको मेयर अब्दुल कलामको पहलमा छिमेकी राष्ट्र भारत सरकारको सहयोगमा कपिलवस्तुमा निर्मित दुई विद्यालय भवनहरुको उद्घाटन भएको छ ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र  जानकी उच्च माध्यमिक विद्यालयको काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करण वंशजले बिहीबार उद्घाटन गर्नुभएको मेयर अब्दुल कलामले जानकारी दिनुभयो।
शिवभरीमा सात सय र जानकी उच्च माध्यामिक विद्यालयमा एक हजार तीन सय विद्यार्थीहरु अध्ययनरत छन् भने यी दुवै विद्यालय कपिलवस्तु जिल्लाको सबैभन्दा पुराना विद्यालय हुन् । शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्यअन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा ५ करोड ९२ लाख रुपियाँ लागतमा यो परियोजना अघि बढेको थियो ।
भारतीय राजदूतावासले भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सवको अवसरमा यी परियोजनाहरुको उद्घाटन गरिएको जनाएको छ । सन् २००३ यता भारतले नेपालमा पाँच सय २७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । यस्तै, स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातैवटा प्रदेशमा चार सय ७० वटा परियोजना सम्पन्न भइसकेका छन् ।
कार्यक्रममा कपिलबस्तु क्षेत्र नं. २ का सांसद बृजेश कुमार गुप्ता, महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम खाँ, उप प्रमुख रीता चौधरी, लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रम जिल्ला समन्वय समितिको समन्वयमा भएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu