Connect with us
Kapilvast Forest

फेरिदैं कृष्णनगरको मुहार…

२०७९, २४ असार शुक्रबारमा प्रकाशित

सनिउल्ला धोबी-
कपिलवस्तु- कपिलवस्तु मुख्य ब्यापारीक क्षेत्र कृष्णनगरको मुहार फेरिदै गएको छ । कृष्णनगर भन्ने वितिक्कै नाक खुम्च्याउनेहरुले अहिले आहा कति राम्रो कृष्णनगर भन्ने गरेका छन् ।

कृष्णनगर नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पशु सेवा, भौतिक पुर्वाधार विकासमा विशेष रुपले काम गर्दा अहिले विकासको गती लिएको छ ।

कृष्णनगर नगरपालिकाको बजार क्षेत्रमा अहिले नाली निर्माण, कालोपत्रे, आरसिसी, पिसिसी लगायत आवश्यकता अनुसार विकासका काम भएकोले कृष्णनगरको मुहार फेरिदैं गएको हो ।

विकासको काम भएपछि स्थनियले नगरपालिकाको काम प्रती सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन ।

कृष्णनगर घर भएका कपिलवस्तु क्षेत्र नं ३ का संघिय सांसद अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहको विषेश पहल कदमीले कृष्णनगरमा विकासको लहर चलेको छ ।

सांसद शाहले केन्द्रिय बजेटको पहल र नगर प्रमुख शाहले स्थानीय बजेट ब्यवस्थापन गरि विकासको कार्यलाई अघि बढाएको पाइन्छ ।
आफ्नो गाउँमा बर्षायममा हिलोमा हिड्नुपर्ने बध्यता टरेको स्थानीयस रमेश यादवले बताउनु भयो । सांसद र मेयरको कामले कृष्णनगर बासी खुसी भएको कृष्णनगरका रमजान अलि खानले न्युजसेन्टर नेपाललाई बताउनु भयो ।

पहिलेको तुलनामा अहिले विकासको प्रत्यक्ष अनुभुती भएको स्थानीय नागरिक जिएम कसौधनले बताउनु भयो ।

कपिलवस्तु क्षेत्र नं ३ का सांसद अभिषेक प्रताप शाहले आफ्नो क्षेत्रको विकासको लागि विभिन्न मन्त्रालय, विभागबाट योजना ल्याएको बताउनु भयो ।

अझ पनि क्व्हि स्थानमा विकासका पुर्वाधार निर्माणका लागि आफ्नो भरपुर प्रयास रहेको सांसद शाहले जानकारी दिनु भयो ।
कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नागरिकको माग अनुसार विकासको योजना विनियोजन गरि निर्माण कार्य गरेको बताउनु भयो ।

अहिले विकासका सुचांक केही माथी उठाउने प्रयासमा रहेको जानकारी दिनु भयो । नगर प्रमुख शाहले भने “कृष्णनगर नगरपालिकाको सय भन्दा बढी गाउँ अति नै अविकसित थियो, अहिले विकासको कामले तिब्रता पाएको छ ।”

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu