Connect with us
Kapilvast Forest

सिमकोट बजारको आरसीसी पिच निर्माण हुँदै

२०७९, २४ असार शुक्रबारमा प्रकाशित

हुुम्ला- सदरमुुकाम समेत रहेको सिमकोट बजार क्षेत्रको आरसीसी पिच गर्ने काम सुुरु भएको छ । बजार व्यवस्थित बनाउनकाे लागि ढलसहितको काम भएको हो ।

सिमकोट गाउँपालिका–५ का नरेन्द्र रावतले सनभ्याली होटेल क्षेत्रबाट आरसीसी पिच धमाधम भइरहेको बताउनुुभयो । उहाँले सडक पिचका साथै व्यवस्थित ढल निर्माण कार्य पनि सँगै हुने बताउनुुभयो ।

पिच निर्माणको जिम्मा पाएको बानियाँ निर्माण सेवाका स्थानीय प्रतिनिधि पालुु रावतले विहान ६ बजेबाट बेलुुका ७ बजेसम्म निर्माण कार्य भइरहेको बताउनुुभयो ।

चालू आर्थिक वर्षमा २०० मिटर सडक पिच गर्नुपर्नेमा हालसम्म २५ मिटर भन्दा बढी सडकको काम सम्पन्न भइसकेको छ । उहाँले निर्माण सामाग्री सबै निर्माण स्थलमा पुुगी सकेको कारण आठ देखि दश दिनभित्र निर्धारित समयमा सम्पन्न हुने बताउनुुभयो ।

सघन सहरी विकास कार्यालय जुम्लाले एक करोड ८५ लाख लागत लाग्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu