Connect with us
Kapilvast Forest

मुगुको कार्मारोङ क्षेत्रको गुम्बा संरक्षणको पर्खाइमा

२०७९, २४ असार शुक्रबारमा प्रकाशित

मुगु- माथिल्लो मुगु (कार्मारोङ) जिल्लाको उत्तरी क्षेत्रमा रहेको मुगमकार्मारोङ गाउँपालिकामा रहेका गुम्बाहरु भग्नावशेषमा परिणत भएका छन् ।ती गुम्बाहरु १५ औं शताब्दीमा निर्माण भएको बताइएको छ । त्यहाँ मौलिक ऐतिहासिक सम्पदाका चित्रहरु रहेका छन् ।गुम्बाका जानकार वला लामा दोर्जीका अनुसार यी गुम्बाहरु भोटेपात्रो अनुसार हरेक महिनाको १० र २५ गतेका दिनमा विशेष खालको ज्ञान र पुजाआजा गरिँदै आएको छ ।

उहाँका अनुसार कार्मारोङ समुदायमा बच्चा जन्मिदा, कोही मृत्यु भएमा र व्यापारका लागि घरबाहिर जानु परेमा लामा गुरुबाट पूजाआजा गर्ने चलन रहेको छ ।तर पातलिँदै गएको वस्ती र सम्बद्ध पक्षको चासो नगएका कारणले ती गुम्बाहरु जीर्ण हुने स्थितिमा पुगेको छ ।

यस्तो छ इतिहास

हालको सिंजा क्षेत्रमा ११ औं शताब्दीतिर भोटे राजा होसुङ्को नाति गुगेबाट आएर सिंजाको राज्य सुरुवात गरेको इतिहास छ । प्राचीन सभ्यताअनुसार मानिसहरूले यस ठाँउलाई याचेको नामले चिन्दथे । त्यसपछि करिब १२ शताब्दीपछि त्यहाँ खस राजाका आगमन हुन पुग्यो । १४ औं शताब्दीतिर सिंजाको राज्यमा भोटे राजा र खस राज्य एक आपसमा मनमुटाव भएपछि गुगेबाट आएका राजाहरु पुनः आफ्नो ठाँउमा फर्केको कार्मारोङका इतिहासकार लामा दोर्जी कार्मारोङ बताउनुहुन्छ ।

उहाँका अनुसार राजाका नजिकका भाइ (चोबो) काम गर्नेले कार्मारोङमा आएर शासन गरी राज्य विस्तार गरेका थिए । सो राज्य किम्रि गाउँको माथि टोक्चोङ भन्ने ठाउँ (परलोक) मा राज्य विस्तार गरी त्यहीँबेला भोटे र खसालले आलोपालो गरी शासन चलाएको पाइन्छ । उक्त ठाउँमा १४ औं शताब्दीतिर धर्मकर्म गर्नलाई पहिलो झमपा गुम्बा निर्माण गरिएको पाइन्छ ।

मुगुबाट सिंजा गएका कल्याल (बलि) राजाले सिंजाबाट जुम्ला, हुम्लादेखि डोल्पासम्म राज्य र शासन विस्तारगरेपनिकार्मारोङकोपरलोकमा कल्याल राजाले शासन नगरेको र बेलाबखत बलि राजाले टोक्चोङ (परलोक) बाट कर लिएको इतिहासकार कार्मारोङको भनाइ छ ।

कल्याल राजाका जेठा छोरा वाँछा राजाले हिन्दु, बौद्ध र मष्टा धर्म मान्नेलाई सम्मान गर्नुहुन्थ्यो । र, उहाँले दरबारमा बोलाएर सबैलाई दानदक्षिना दिने गरेको पाइन्छ ।कार्मारोङ डोल्फुका खेन्फो ज्याम्याङले गुम्बा बनाइ पाउँ भन्ने राजासँग अनुरोध गरेपछि बलिराजाका छोरा वाँछा राजाले खेन्फो ज्याम्याङलाई आर्थिक सहयोग गरी देसा गुम्बा निर्माण गरिएका हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu