Connect with us
Kapilvast Forest

कलाकार सञ्जयको राजनीति पाटो : किन लड्दैछन् चुनाव ?

२०७९, २४ असार शुक्रबारमा प्रकाशित

राजनीतिप्रति मेरो रुचि पहिलेदेखिकै हो । अहिले फेरि उम्मेदवार बन्ने घोषणा गरेको छु । मेरो घोषणापछि कतिपयले एकाएक राजनीतिमा किन भनी सोध्न थालेका छन् । जबकि म एकाएक राजनीतिमा आएको होइन । २०७० मा तत्कालीन राप्रपा नेपालबाट संसदीय निर्वाचनको उम्मेदवार बनेको थिएँ,त्यो समय पराजित भएँ । अहिले पनि म उम्मेदवार बन्नुपर्ने नै भयो । अन्य भन्दा अगाडिदेखि तयारी गरौँ भनेर घोषणा पहिल्यै गरेको हो ।

उम्मेदवारी घोषणापछि सबैबाट सकारात्मक प्रतिक्रिया र साथ मिलिरहेको छ । पहिले र अहिलेमा समय धेरै बदलिएको छ । पहिले म प्रति र मेरो एजेन्डाको विपक्षमा रहेका समेत अहिले मसँग सहमति जनाउन थालेका छन् । एजेन्डा ठिक र राम्रा भन्न थालेका छन् । ९ वर्षपछि मेरो एजेन्डा सबैलाई राम्रो र उचित लाग्नु मेरो राजनीतिका लागि सकारात्मक पक्ष हो ।

म सामाजिक व्यक्तित्व भएकोले पनि अहिले आफ्नो अगाडि भएका गलत राजनीतिक माहोलबारे चिन्तन नगरी बस्न सक्दिन । म गायक,कलाकार हो । मैले यस बिषयमा बोल्नु हँुदैन,बोल्यो भने यो पार्टीले कसो भन्ला,उ पार्टीले कसो भन्ला भन्ने चिन्ता पनि छैन । मैले देशका लागि सोचेर उम्मेदवारी दिने निर्णय गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu