Connect with us
Kapilvast Forest

बारामा मोटरसाइकलको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु

२०७९, २४ असार शुक्रबारमा प्रकाशित

बाराको आर्दशकोतवाल गाँउपालिका–५ रुपवलियामा हिजो मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय बिल्टु रामकी तीन बर्षीया छोरी सृष्टी कुमारी रहेकी छन् ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको हो ।सिम्रौनगढबाट कोल्हबी तर्फ जाँदै गरेका हाल नम्बर नखुलेको मोटरसाइकलले हिजो बेलुकी पौने ८ बजे बालिकालाई ठक्कर दिएको थियो । दुर्घटना पछि मोटरसाइकलसहित फरार भएका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रआदर्श बाराले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu