Connect with us
Kapilvast Forest

युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई कैद सजाय

२०७९, २४ असार शुक्रबारमा प्रकाशित

सुर्खेत- जिल्ला अदालतले राउटे युवतीमाथि दुर्व्यवहार गर्ने दुई जनालाई सात वर्ष कैद फैसला गरेको छ ।जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले युवतीमाथि यौन दुर्व्यवहार गर्ने चौमन घर्तीमगर र भूपेन्द्र बुढामगरलाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपियाँजरिवानासहितको फैसला गरेको हो । त्यस्तै, सजाय पाउने दुवै जनाले पीडित राहत कोषमा जनही आठ हजार रुपियाँ समेत जम्मा गर्नुपर्नेछ ।

यसैगरी, जिल्ला न्यायाधीश आचार्यको इजलासले यौन दुर्व्यवहार भएको होटलका सञ्चालकलाई तीन वर्ष छ महिना कैद र एक लाख रुपियाँ जरिवाना तोकेको छ भने पीडित राहत कोषमा चार हजार रुपियाँ जम्मा गर्नुपर्ने फैसला गरेको छ ।अदालतका सूचना अधिकारी उज्वल रावलका अनुसार जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई २०७८ असार १६ गते पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।

गुर्भाकोट नगरपालिका–९ बोटेचौरका चोमन घर्ती भनिने चौमनबहादुर घर्ती, मिलन भनिने मनबहादुर पुन र भूपेन्द्र बुढामगरलाई कारागार चलान गरिएको थियो । उनीहरूलाई २०७८ जेठ २३ गते बिहान प्रहरीले पक्राउ परेका थिए ।मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति राउटे युवतीमाथि यौनहिंसा भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu