Connect with us
Kapilvast Forest

युद्ध मैदानमा पराजित गर्न पश्चिमा राष्ट्रहरूलाई रुसी राष्ट्रपतिकाे चुनौती

२०७९, २४ असार शुक्रबारमा प्रकाशित

काठमाडाैँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले अझै पूर्णरुपमा युक्रेनमा सैन्य कारबाही नगरेको र गर्नै परेको खण्डमा अझ विषम परिस्थिति सिर्जना हुने चेतावनी दिनुभएको छ ।

रुसी सांसदहरूलाई सम्बोधन गर्नुहुँदै उहाँले रुसलाई युद्ध मैदानमा पराजय गरेर देखाउन युक्रेन र पश्चिमा राष्ट्रहरूलाई चुनौती दिनुभएको अल जजिराले जनाएको छ । उहाँले रुसले युक्रेनमाथि सैनिक हस्तक्षेप गरेर एक ध्रुवकाे विश्व बहुध्रुवमा परिणत भएकाे सङ्केत दिनुभएकाे छ । यसैबीच, रुसले युक्रेनको पूर्वी क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्रता दिएको छ । युक्रेनी सहर खारकिभमा भएको रकेट आक्रमणमा तीन जना सर्वसाधारणको मृत्यु हुनका साथै थप पाँच जना गम्भीर घाइते भएका छन् । –उपेश महर्जन

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu