Connect with us
Kapilvast Forest

स्थानीय परिकार प्रवर्धन गर्दै होमस्टे

२०७९, २५ असार शनिबारमा प्रकाशित

गुल्मीमा रैथाने बालीबाट बनाइएका परिकार प्रवर्धन गर्न होमस्टे सञ्चालन गरिएको छ । रेसुङ्गा नगरपालिका–१३, उपल्लो भङ्गारीमा विगत तीन वर्षदेखि रैथाने बालीको परिकार प्रवद्र्धन गर्ने उद्देश्यका साथ रेसुङ्गा होमस्टे सञ्चालन गरिएको हो ।

सदरमुकाम तम्घासदेखि पूर्वतिर पर्ने यस स्थानमा मोटरसाइकलमा जाँदा १५ मिनेटमा पुग्न सकिन्छ । तम्घासदेखि पैदल यात्रा गर्दै प्राकृतिक छटासँगै रमाउँदै जाँदा एक घण्टामा यहाँ पुग्न सकिन्छ । होमस्टे नजिकै भुवने पार्क रहेको छ । आकर्षक रूपमा तयार हुँदै गरेको भुवने पार्कको अवलोकन यहाँ पुगेपछि गर्न सकिन्छ ।

मगर समुदायको बाहुल्य रहेको यो गाउँमा मगर वेशभूषा, कला, संस्कृतिले समेत भरिपूर्ण छ । रैथाने बालीबाट बनाइएका मगर परिकारको भिन्नाभिन्नै स्वाद लिन यो होमस्टेमा पर्यटक पुग्ने गरेका छन् । कोदोको सेलरोटी, फापरको सेलरोटी, बटुक रोटी, सिस्नुको साग, टिमुरको अचार, लोकल जातका कुखुरा, झिलङ्गीको बिरम्ला, मकै, भट्टलगायतका दर्जनभन्दा बढी रैथाने बालीको स्वाद चाख्न पाइने रेसुङ्गा होमस्टेका संयोजक यज्ञमूर्ति थापा श्रीसले बताउनुभयो ।

वडा सदस्यसमेत रहनुभएका श्रीसका अनुसार होमस्टेमा पाहुनाको स्वागतका लागि स्थानीय मगर संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, घाटु नाँच, सोरठी नाच, सालैजो, सुनिमया भाकालगायतका पुराना प्रचलित भाकामा गाउने र नाच्ने गरिन्छ ।

रेसुङ्गा होमस्टे सञ्चालनको अवधारणाका कारण बसाइँसराइसमेत रोकिएको श्रीसको भनाइ छ । होमस्टेमा आकर्षित भएपछि वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या पनि घटेको उहाँले बताउनुभयो । होमस्टे सञ्चालनका लागि निर्माणाधीन भवनले रकम अभावका कारण पूर्णता पाउन सकिरहेको छैन । त्यहाँ पुग्नका लागि सडकको सहज पहुँच र सुविधा नहुँदा समस्या छ ।

वडाध्यक्ष हुमबहादुर बस्नेतले होमस्टेमा आउने सडक तथा आवश्यक पूर्वाधार निर्माणमा केन्द्र र प्रदेश सरकारबाट पनि सहयोग प्राप्त भए होमस्टेलाई दिगो रूपमा पर्यटन प्रवर्धनसँगै आयआर्जनको राम्रो स्रोत बनाउन सकिने बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu