Connect with us
Kapilvast Forest

एक सातामै २६ सयले घट्यो सुनको मूल्य

२०७९, २५ असार शनिबारमा प्रकाशित

यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो सातामा उक्त मूल्यले सुनको भाउ घटेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा घटेर प्रतितोला ९४ हजार ६०० रुपैयाँमा आइपुगेको हो । यस्तै, यो साता तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ छ ।

शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर सोमबार स्थिर कायम भएको थियो । यस्तै, मंगलबार १०० रुपैयाँले बढेको सुनको भाउ त्यसपछि भने निरन्तर घट्न थालेको थियो । बुधबार एकै दिन १ हजार ६०० रुपैयाँ र विहीबार १ हजार ४०० रुपैयाँले घटेको थियो । जुन, शुक्रबार स्थिर कायम थियो ।

यसैगरी, यो साता चाँदीको मूल्यमा समेत ठूलो गिरावट आएको छ । गत साताको शुक्रबार प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदी यो साताको शुक्रबार ११ सय ८५ रुपैयाँमा आइपुगेको छ । यो एक सातामै चाँदीको मूल्यमा आएको २५ रुपैयाँको गिरावट हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu