Connect with us
Kapilvast Forest

इलिना विम्बल्डन च्याम्पियन

२०७९, २६ असार आईतवारमा प्रकाशित

काठमाडौं- विम्बल्डन टेनिसको उपाधि काजकिस्तानकी इलिना राइबाकिनाले जित्नुभएको छ । लन्डनमा शनिबार राति भएको महिलातर्फको फाइनलमा इलिनाले ट्युनिसियाकी ओन्स जाबेरलाई २–१ को सेटमा हराउनुभयो । इलिनाले जाबेरमाथि ३–६, ६–२, ६–२ को जित निकाल्नुभयो ।

२३ बर्षीया इलिनाको यो खेल जीवनको पहिलो ग्रान्डस्लाम उपाधि हो । उहाँ पहिलो पटक विम्बल्डन च्याम्पियन बन्नुभएको हो । १७औं वरीयताकी इलिनाले पहिलो पटक काजकिस्तानलाई विम्बल्डन जिताएपछि आफुमा खुशी ब्यक्त गर्ने कुनै शब्द नरहेको बताउनुभएको छ ।

जितको खुशीमा म एक्लै कोठाभित्र बसेर कराउँछु होला । मसँग खुशीको सीमा छैन,’ इलिनाले भन्नुभयो । रुसको मस्कोमा जन्मिनुभएकी इलिनाले सन् २०१८ देखि काजकिस्तानको प्रतिनिधित्व गर्दै खेल्नुभएको हो ।

युक्रेनमाथि हमला गरेका कारण रुस र बेलारुसलाई यसपटक विम्बल्डनमा सहभागी गराइएको छैन । विम्बल्डन टेनिसको पुरुषतर्फ भने आइतबार (आज) राति नोभाक जोकोभिज र निल क्रिगोसबीच प्रतिस्पर्धा हुँदैछ । एजेन्सी

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu