Connect with us
Kapilvast Forest

एनएसए पौडी आइतबार

२०७९, २६ असार आईतवारमा प्रकाशित

काठमाडौं- नेपाल पौडी संघको बार्षिक कार्यक्रम अनुसारको १०औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगिता आइतबार हुने भएको छ । प्रतियोगितामा ५४ स्वर्ण पदकका लागि ८४ महिला तथा १३७ पुरुष गरी २२१ खेलाडीको सहभागिता रहने संघले जनाएको छ ।

प्रतियोगितामा जुनियर खेलाडीहरुको हौसला अभिबृद्धि गर्ने उद्देश्यले जुनियर विधाका १० बर्ष, १२ बर्ष, १४ बर्ष र १७ बर्ष मुनिका प्रत्येक विधाका एक महिला र एक पुरुष खेलाडीलाई उमेर समूहको उत्कृष्ट खेलाडी घोषित गरिनुका साथै ट्रफीले सम्मान गरिने संघले जनाएको छ ।

मित्र राष्ट्र चीनमा आयोजना हुने १९औं एशियन प्रतियोगिताका लागि खेलाडी समेत रहेको यस प्रतियोगिताबाट खेलाडीले प्राप्त गरेको उच्चतम फिना अंकका आधारमा चार पुरुष र चार महिला खेलाडी छनोट गरिने संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गर्नु भयो ।

यस प्रतियोगिताका अवसरमा नेपालमा दुई बर्षअघि सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) मा सर्वाधिक पदक जित्दै इतिहास रच्न सफल गौरिका सिंह लगायत अन्य खेलाडी र पदकधारीलाई नगद पुरस्कार सहित सम्मान गरिने संघले बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu