Connect with us
Kapilvast Forest

रितले न्युजिल्यान्डमा क्रिकेट खेल्ने

२०७९, २६ असार आईतवारमा प्रकाशित

काठमाडौं- नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान रित गौतमले न्युजिल्यान्डको घरेलु प्रतियोगिता खेल्नुहुने भएको छ । रितले न्युजिल्यानडको गिजर सिटी क्रिकेट क्लबबाट ब्यवसायिक क्रिकेट खेल्ने पक्का भएको हो ।

उहाँलाई आइतबार गिजर सिटीले ६ महिनाको लागि अनुबन्ध गरेको छ । रितले न्युजिल्यान्डमा गिजर सिटीबाट प्रिमियर (माथिल्लो ) श्रेणीको क्रिकेट खेल्नु हुनेछ । यस क्बलमा न्युजिल्यान्डमा तीव्र गतिका बलर ट्रेन्ट बोल्ड लगायत चर्चित खेलाडी हुनुहुन्छ ।

नेपालका लागि उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई सतकको कीर्तिमान राख्नुभएका रित घरेलु प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबबाट खेल्दै आउनुभएको थियो ।

सन् २०१९ मा नेपाली यू–१९ टोलीको कप्तानी गर्नुभएका रितले इस्टर्न रिजन क्रिकेटमा सिङ्गापुर र सन् २०१७ मा भएको यू–१६ इस्टर्न रिजन अन्तर्राष्ट्रिय प्रतियोगितामा म्यानमारविरुद्ध शतक प्रहार गर्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu