Connect with us
Kapilvast Forest

तेस्रोलिङ्गी मेकअप आर्टिस्ट सोफी : नाम र दाम दुवै

२०७९, २८ असार मंगलवारमा प्रकाशित

काठमाडौं- सोफी सुनुवार नेपालकै पहिलो तेस्रोलिङ्गी मेकअप आर्टिस्ट हुनुहुन्छ । तेस्रो लिङ्गी समाजका लागि सोफी एक सफल उदाहरण पनि बन्नुभएकाे छ । विगत १५ वर्षदेखि मेकअप आर्टिस्ट पेशामा लाग्नुभएका उहाँले नेपालका धेरै चर्चित मोडलहरु, कलाकार र बेहुलीलगायत विभिन्नको मेकअपगर्नुहुन्छ । यस अवधिमा आफ्ना जीवनको ठूलो सफलता र उपलब्धि भएको सुनुवार बताए ।

सोफीले सन् २०१५, २०१६ र २०१७ मा मिस नेपालको अफिसियल मेकअप आर्टिस्ट भएर पनि काम गर्नुभएको छ । मेकअपले मानिसको व्यक्तित्वमा थप निखार ल्याउने हो र जुन महिलाहरुको सन्दर्भमा अलि बढी लागु हुने उहाँ जानकारी गर्नु भयो ।

उहाँ भन्नुहुन्छ मेकअप भनेको आर्ट हो, हरेकको अनुहार राम्रो हुन्छ तर त्यसलाई थप राम्रो बनाउने काम मेकअपले गर्छ । यस बाहेक मेकअप राम्रो र नराम्रो देबै बन्नका लागि प्रयोग गरिने माध्यम हो उहाँले भन्नुभयो ।

सन् २००७ मा ‘ब्लु डाइमण्ड सोसाइटी’मा आवद्ध भएपछि उहाँको मेकअप आर्टिस्ट बन्ने सपना सुरु भयो । उहाँमा सानैदेखि आर्टमा चाहना थियो । सपना पूरा गर्ने पहिलो खुड्किला बनेको थियो ब्लु डाइमण्ड सोसाइटी ।

उहाँका लागि समाजमा एक तेस्रोलिङ्गी मेकअप आर्टिस्टको रुपमा खुल्न धेरै समस्या र चुनौतीहरु थिए तर तेस्रोलिङ्गी भएकै कारण आफूले धेरै अवसरसमेत प्राप्त गरेको सोफीको अनुभव छ । समाजले मलाई हेर्ने तरिका फरक होला त्यसै कारण मैले हरेक ठाउँमा अरुले भन्दा धेरै अवसर पाएको छु जस्तो लाग्छ सोफीले भन्नुभयो ।

सुरुवाती दिनहरुका तीतो अनुभव अहिले सम्झिँदा सोफीलाई राम्रो लाग्छ तर अहिले आफूसँग सबैजना नजिक भएको उहाँलाई महसुस हुन्छ । निरन्तरको सङ्घर्ष, मिहिनेत र लगनशीलताले अहिले सोफीलाई यो पेशाले नाम र दाम दुवै दिएको छ ।

अहिले आफूलाई मेकअप आर्टिस्टको रुपमा चिनाउन पाउँदा सोफीलाई खुसी र गर्वसँगै महसुस हुने उहाँ भन्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu