Connect with us
Kapilvast Forest

उपसभामुख भुषालकाे यस्ताे छ राजनीति यात्रा

२०७९, ३१ असार शुक्रबारमा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका सचेतक रहेकी पुष्पा भुसाल (गौतम) शुक्रवार देखि प्रतिनिधीसभाको उपसभामुख निर्वाचित हुनुभएको छ।

शुक्रवार प्रतिनिधीसभामा भएको निर्वाचनमा उहाँले एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गदैं विजयी हुनुभयाे ।

पुष्पा भुसालको जन्म २०१७ साल फागुन १ गते अर्घाखाँचीमा भएको थियो । उहाँ यस अगाडि २०७० सालको संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट अर्घाखाँची क्षेत्र नं २ बाट सभासदमा निर्वाचित हुनुभएकाे थियाे ।

यस्तै, २०५६ को संसदीय निर्वाचनमा समेत सोही क्षेत्रबाट सहभागी भुषालले १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नुभएकाे थियाे । कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ ।

नेपाल वार एसोसिएसनको उहाँ केन्द्रीय सदस्य हुनुभएको थियाे ।

यस्तै २०१५ सालको बीपी कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री रहेका आफ्ना बुबा काशीनाथ गौतम २०१७ सालमा प्रजातन्त्र खोसिएपछि १४ वर्ष सपरिवार भारत निर्वासित हुँदा पुष्पा भुषाल पनि बुवासँगै जानुभएको थियाे ।

त्यही अबधिमा आफूले राजनीतिमा लाग्नु भएकाे भुषाल २०२८ सालदेखि सक्रिय राजनीतिमा हुनुहुन्छ ।

२०३६ सालमा नेवि संघबाट राजनीति सुरु गर्नुभएकाे उहाँ कांग्रेस पार्टीको केन्द्रीय कानुनी सल्लाहकार समितिका सदस्य, केन्द्रीय महिला विभाग सदस्य र नेपाल महिला संघको महासचिव समेत हुनुहुन्थ्यो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu