Connect with us
Kapilvast Forest

दिल्ली पुगेसंगै व्यस्त प्रचण्ड, माेदिसंग हुनेछ ब्रेकफास्ट

२०७९, ३१ असार शुक्रबारमा प्रकाशित

काठमाडौँ-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार दिल्ली पुगे संगै भेटवार्तामा व्यस्त हुनुभएको छ ।

भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणमा भारत जानुभएका प्रचण्डलाई विमानस्थलमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले स्वागत गर्नुभयाे । उहाँ संग होटल ताज मानसिंहमा शिष्टाचार भेट भएको छ । त्यस्तै आजै उनले नेपाली राजदूतावासमा नेपाली संघ संस्थाका प्रतिनिधिहरूसँग भेटघाट गर्ने र नेपाली राजदूतद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनुभएकाे छ ।

यस्ताे छ शनिबारको कार्यक्रम

भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभालसँग भेटघाट

विदेश मन्त्री डा. एस जयशंकरसँग भेटघाट

विदेश सचिव विनय मोहन क्वात्रासँग भेटघाट

फाउन्डेसन फर पब्लिक अवेरनेस एन्ड पोलिसी नामक संस्थाद्वारा आयोजित नेपाल भारत सम्बन्धी सेमिनारमा प्रमुख वक्ताको रूपमा सहभागी

भारतका विदेश मन्त्रीले प्रचण्डको सम्मानमा दिने रात्रिभोजमा सरकारका शीर्ष मन्त्रीहरूसँग भेटघाट

आइतबार हुने छ माेदिसंग भेट

प्रधानमन्त्री निवासमा ब्रेकफास्टसँगै मोदीसँग भेटवार्ता

भाजपा मुख्यालय भ्रमण

भाजपा अध्यक्ष जे पी नड्डासँग भेटघाट

भाजपा अध्यक्षद्वारा आयोजित दिवाभोजमा सहभागी

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu