Connect with us
Kapilvast Forest

दुर्गम गाउँमा घुम्ती उपचार सेवा

२०७९, ११ श्रावण बुधबारमा प्रकाशित

हुुम्ला- दुर्गमको काँडाजिमाना गाउँमा स्वास्थ्यकर्मी घरदैलोमा पुुगेर बिरामीको उपचार गर्नुभएको छ । गाउँपालिकाको स्वास्थ्य नीतिअनुुसार स्वास्थ्य संस्थाको पहुुँचभन्दा टाढाका बस्तीमा सैवाग्राहीलाई घरदैलो स्वास्थ्य कार्यक्रम अन्तर्गत सो घुम्ती सेवा प्रदान सुरुवात गरिएको हो ।

काँडा गाउँकी ५७ वर्षीया बिरामी जौकली थापाले स्वास्थ्यकर्मी गाउँमा पुगेपछि उपचार गर्न पाएको गुनासो गर्नु भयो । यसअघि बिरामी हुँदा आफन्तसँग खबर पठाएर बिरामी भएको आधारमा औषधी झिकाउने गरिदैआएको र अहिले स्वास्थ्यकर्मीसँग चेकजाँच गरेर उपचार गर्न पाएको उहाँले जानकारी दिनुभयो ।

गाउँमा रहेका बिरामीले निशुल्क रुपमा चेकजाँच गर्न र औषधि पाएपछि सबै सेवाग्राही खुसी भएको बताउनुुभयो । गाउँमा यसरी स्वास्थ्य उपकरण र औषधिसहित दक्ष स्वास्थ्यकर्मी पुगेर उपचार गरेको पहिलो पटक भएको स्थानीयले भनाई छ ।

एक दिनमा एक सय पचास जना बिरामीको उपचार गरिएको छ । साना बालबालिकादेखि ८० वर्ष माथिका जेष्ठ नागरिकको उपचार सो घुम्ती टोलीमा गरिएको छ । घरदैलो स्वास्थ्य कार्यक्रममा गर्भवतीहरुको गर्भजाँच गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu