Connect with us
Kapilvast Forest

त्रिभुवन राजपथमा यातायात पुनः सञ्चालन

२०७९, १२ श्रावण बिहीबारमा प्रकाशित

त्रिभुवन- राजपथअन्तर्गतको हेटौंडा–काठमाडौ‌तर्फको यातायात पुनः सञ्चालनमा आएको छ । भीमफेदी गाउँपालिका–१ भैसे–हेटौँडा सडकको बाघझोलामा गए राति पहिरोले यातायात सेवा अवरुद्ध भएको थियो ।

आज बिहानदेखि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । डोजरले पहिरो हटाई सवारीसाधन गन्तव्यमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

हेटौंडाबाट गएका र भैसेतर्फबाट आएका सयौँ सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ । उक्त सडकखण्डमा झण्डै सात घण्टा यातायात अवरुद्ध भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu