Connect with us
Kapilvast Forest

काठमाडौंका फुटपाथमा धराप : जोखिमपूर्ण पैदलयात्रा

२०७९, १४ श्रावण शनिबारमा प्रकाशित

काठमाडौं- उपत्यकामा ६० लाखभन्दा धेरै जनसंख्या छ । त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् । तर, ४० लाख मानिसले अझै पनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो । त्यही फुटपाथ पनि अतिक्रमणको लागि हानाथाप हुन्छ ।

दृष्टि भएकाहरुलाई त प्रयोग गर्न कठिन हुने सडकपेटी दृष्टिविहीनका लागि कस्तो होला ? यो मननयोग्य विषय हो । समग्रमा भन्दा काठमाडौं उपत्यकाका सडकपेटीहरु सुरक्षित भई ढुक्कसँग हिँड्न योग्य छैनन् ।

देशको संघीय राजधानी सहर काठमाडौंमा चिल्ला सडक, सफा अनि हृविलचियर र दृष्टिविहीनहरुका लागि आरामले हिँड्न मिल्ने सुविधासम्पन्न फुटपाथ हुनुपर्ने हो । तर, संघीय राजधानीको अवस्था त्यस्तो छैन । यहाँका फुटपाथमा पाइला पाइलामा अनगिन्ती अवरोध छन् ।

खाल्डो, फोहोर र अपूर्ण निर्माण यत्रतत्र भेटिन्छन् । धेरै ठाँउमा फुटपाथ नहुँदा सडकबाटै हिँड्नुपर्ने बाध्यता छ ।सडकमा भएका फुटपाथ पनि साँघुरा छन् । तिनै साँघुरा फुटपाथमा बिजुली, इन्टरनेटलगायतका तार झुन्डाइने र पोलदेखि हुलाकका पत्र मञ्जुसा समेत राखिएको देख्न सकिन्छ । यी साँघुरा सडकमा रुख रोपेपछि त झनै हिँड्नै मुस्किल भएको छ
पाटनको अग्नीशाला नजिकै फुटपाथमा रहेको रुख ।फोहोरको उचित व्यवस्थापन नुहँदा सडक गन्धमय बनेको छ, नाक थुनेर पनि हिँड्न नसक्ने अवस्था छ भने ढलको व्यवस्थापन हुन नसक्दा ढल सडकमै ढल बहन्छ ।

त्रिपुरेश्वरमा पर्खाल भत्केपछिको फुटपाथ ।हिँड्दा हिँड्दै ढल ढाकिएको ठाउँ कहाँ नाङ्गो हुन्छ पत्तै हुँदैन । त्यस्तै अव्यवस्थित पार्किङले पनि सडकपेटीहरु भरिभराउ हुन्छन्, महानगरले सडक पेटीमा राखिएका सवारी उठाएर त जान्छ तर कहिल्यै पार्किङ स्थलको बारेमा सोच्न सकेको देखिँदैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu