Connect with us
Kapilvast Forest

जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड भयाे पहिलोपटक महिला युरो च्याम्पियन

२०७९, १६ श्रावण सोमबारमा प्रकाशित

एजेन्सी-जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्ड भयाे पहिलोपटक महिला युरो च्याम्पियन भएकाे छ ।

घरेलु मैदानमा इंग्ल्यान्डले जर्मनीलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै पहिलोपटक युरो च्याम्पियन बनेको हो ।

वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा इंग्ल्यान्डको जितमा एला टोन र क्लोइ केलीले गोल गरिन् । जर्मनीकी लिना मागुलले एक गोल फर्काइन् ।

रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६२औं मिनेटमा एला टोनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाइन् । उनले केइरा वाल्सको पासमा गोल गर्न सफल भएकी थिइन् ।

७९औं मिनेटमा लिनाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । त्यसपछि निर्धारित समयमा गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

अतिरिक्त समयको ११०औं मिनेटमा परिवर्तित खेलाडी क्लोइ केलीले गोल गर्दै इंग्ल्यान्डलाई जितसहित पहिलोपटक युरोपको च्याम्पियन बनाइन् । क्लोइ केली ६३औं मिनेटमा बर्थ मिडको स्थानमा मैदानमा प्रवेश गरेकी थिइन् ।

महिला युरोको इतिहासमा तेस्रोपटक फाइनलमा प्रवेश गरेको इंग्ल्यान्डले पहिलोपटक उपाधि जितेको हो । यसअघि इंग्ल्यान्ड सन् १९८४ मा स्वीडेनसँग टाइब्रेकरमा ४–३ ले तथा २००९ मा जर्मनीसँग ६–२ ले पराजित हुँदै उपाधि विमुख बनेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu