Connect with us
Kapilvast Forest

पीएसजी ट्रफी डेस च्याम्पियन्स, नेयमारले गरे दुई गोल

२०७९, १६ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ट्रफी डेस च्याम्पियन्सको उपाधि जितेको छ ।

आइतबार राति भएको खेलमा नान्टेसलाई ४-० गोल अन्तरले हराउँदै पीएसजीले उपाधि जितेको हो ।

पीएसजीलाई जित दिलाउन नेयमारले दुई गोल गरे ।

खेलको २२ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।

खेलको ५७ औं मिनेटमा सर्जियो रामोसले गोल गर्दै पीएसजीलाई ३-० को अग्रता दिलाए ।

खेलको ८१ औं मिनेटमा जिन चार्लेसले रातो कार्ड पाएपछि नान्टेस १० खेलाडीमा समेटियो ।

त्यसपछि खेलको ८२ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई ४-० को जित दिलाए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu