Connect with us
Kapilvast Forest

बुद्धभुभी नगरपालिका कै गौरवको आयोजना बुढ्ढी तालमा ढुंगा संचालन

२०७९, १६ श्रावण सोमबारमा प्रकाशित

कपिलवस्तु १६ साउन
कपिलवस्तुको बुद्धुभुमी नगर पालिकाकोका गौरवको आयोजना बुढ्ढी तालमा ढुंगा संचालन गरिएको छ । ल्म्बिनी प्रदेशको पर्यटन ग्रामीण, तथा शहरी विकास मन्त्रालयको सहयोगमा नगरपालिका वडा नम्बर ४ बुढ्ढी तालमा ढुंगा संचालन गरिएको हो ।

पर्यटन ग्रामीण, तथा शहरी विकास राज्य मन्त्री रिना नेपाल र मेयर केशव कुमार श्रेष्ठले संयुक्तरुपमा रिबन काटे पछि ढूगाामा सयर गरी उदघाटन गरिएको थियो ।मन्त्रालयले बुढ्ढी तालको पर्यटकीय विकासकालागि कुल २६ लाख ९६ हजार लगानी गरेको मन्त्रालयका ईन्जीनीयर रोशन प्रसाद ताम्राकारले बताए । त्यस मध्ये ८ लाख लागतको २ वटा मोटरले चल्ने र २ वटा पाईडिलले चल्ने गरी कुल चार बटा ढुंगा संचालन गरिएको हो ।

सो अवसरमा राज्य मन्त्री नेपालले ताल सहीत बुद्धभुमी नगरपालिकाको पर्यटकीय विकासकालागि यो महत्वपुाणर्् काम भएको बताईन । उनले प्रदेश सरकारले चालु आर्थिक बर्षकालागि समेत बुढ्ढी तालको विकासकालागि ६० लाख बजेट बिनियोजन गरेको बताईन ।

ब्ढ्ढी ताल सहीत नगरपालिकाको पर्यटकीय विकासकालागि प्रदेशले लगानी बढाउदै जानछ ’ उनले भनिन । उनले तालको पर्यटकीय विकासकालागि सबैले हातेमालो गर्नु पर्ने बताईन । सो अवसरमा मेयर श्रेष्ठले बुढ्ढी ताललाई नगरले गौरवको आयोजनामा राखेर कार्य अघि बढाएको बताए ।

उनले तालको डिपिआर तयार गरी एक अर्व भन्दा बढी लगानी गर्ने योजना रहेको बताए । उनले श्रोत ब्यवस्थापनकालागि संघीय र प्रदेश सरकारमा यस बारे जानकारी गरी आवश्यक बजेट माग गरिएको बताए ।

हामीले बुढ्ढी ताललाई सुन्दर र रमणीय बनाएर पर्यटकलाई आकषर्ण गर्ने गरी काम अघि बढाउने छौ ’ उनले भने । सो अवसरमा पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख मुक्ति प्रसाद पाण्डेयले ८० बिघामा फैलिएको चार वटा पोखरी भएको बुढ्ढी तालमा ढुंगा संचालन भए पछि यसका आकषर्ण झन बढेको बताए । उनले ताललाई अझ ब्यस्थित र रमणीय बनाउनु पर्ने बताए । निबर्तमान वडाध्यक्ष पवन कुमार चौधरीले तालको विकासमा स्थानीय लागी परेको बताए ।

उनले तालको विकासकालागि नगर, प्रदेश र संघीय सरकारले आवश्यक रकम उपलब्ध गराउनु पर्ने बताए । तालको समग्र विकास र आयआर्जनकालागि नगरपालिकाले बुढ्ढी गाउबासी कै जिम्मामा तालको ब्यवस्थापन गर्न दिएको छ ।

तालमा स्थानीयबासीले माछापालन, कुखुरा हास पालन र खसी बोकाहरुको समते पालेर आयआर्जन गरीरहेको छन । तालमा बोटिङ स्टेशन, आरसिसि ढलान समेत गरी आवश्यक रकम खर्च भएको डिभिजन कार्यालयका लेखा अधिकृत बिनोद कुमार पौडेलले बताए ।

उदघाटन कार्यक्रममा कांग्रेस प्रदेश सदस्य प्रेमलता भट्ट, पत्रकार महासंघका जिल्ला सभापति किरणमान बज्राचार्य संघका कोषाध्यक्ष मोहन बेल्बासे, युवा नेता रोमलाल खनाल लगायतको सहभागीता थियो ।

राजनीति पुवाग्रह राखेर काम गर्दैनौ ः बुद्धुभुमी मेयर श्रेष्ठ
हतोत्साहीत गर्न बेमानी उजुरी दिइएको कर्मचारीहरुको गुनासो
कपिलवस्तु १६ साउन

कपिलवस्तुको बुद्धुभमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले नगरपालिकामा कुनै राजनीति पुर्वाग्रह राखेर काम नगरिएको बताएका छन । उनले वडा देखि नगरपालिकाको कुनै काममा राजनीतिका आधारमा बिभेद नगरिएको बताए ।

नगरपालिकाले गत आर्थिक बर्ष २०७८÷०७९ को नीति, योजना र कार्यक्रमको बुढ्ढी स्थित कार्यालयमा आयोजित नगर स्तरीय कार्यक्रममा सो कुरा बताएका हुन । कार्यक्रममा प्रतिपक्ष एमालेका नगर अध्यक्ष देबी प्रसाद बेल्बासले लगाएको आरोपको जोडदाररुपमा खन्डन गर्दै मेयर श्रेष्ठले नगरपालिकामा सबैलाई समान किसिमले ब्यहवार गरिएको र कसैले पनि कुनै काममा राजनीतिको नहेरिएको बताए ।

आफनो दल भित्र राजनीतका कुरा गरौला तर नगरपालिका भित्र राजनीतिका कुरा यो मेरा तेरो भन्नु गलत हो ’ उनले भने ‘ राजनीति पक्ष लिएर काम गरेको भए देखाउन र प्रमाण दिनुस नत्र यस्तो गलत भन्न पाईन्न ।

उनले आफु सल्लाह, सुझाव र सहकार्यमा चल्ने बताए । उनले आफुहरु नगरपालिको विकासकालागि अहोरात्र खटिएको बताए । उनले निति, नियम, कानुनको परिधि भित्र रहेको काम गर्न कर्मचारीहरुलाई निर्देशन दिदै गल्ती गरे कारबाही गरिने बताए ।

वडाध्यक्षले माग गरे अनुसार वडामा बजेट थप्न नसको भन्दै उनले नगरपालिको आफनै बाध्यताले त्यसो भएको बताए । उनले सत्य तथ्यमा अडीक रहेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । उनले बुढ्ढी ताल चक्रपथ, बुढ्ढी टिक्कर सडक अस्पताल निर्माण लगायतका ठुलो लगानीको नगर कै गौरवको योजना आफनै बलबुतामा निर्माण थलेको बताए ।

उनले त्यसकालागि डिपिआर निर्माण गरी आवश्यक बजेट मागकालागि संघीय र प्रदेश सरकारसंग माग गरिएको बताए । सो अवसरमा प्रमुख प्रशाकीय अधिकृत केशवराज सुबेदीले नगरपालिकामा कर्मचारीहरुले नीति र नियममा रहेको प्रभावकारी सेवा दिएको बताए ।

उनले बिभिन्न योजना र काममा अनावश्यक बेनामी उजुरी दिएर कर्मचारीलाई हतोत्साहीत गर्र्न खोजिएको बताए । उनले काम सुरु नै नभै अख्तिायरमा उजुरी दिने गरकोले समेत काममा समस्या आएको बताए ।

सो अवसरमा ईन्जीनीयर निकिता त्रिपाठीले अख्तियामा अनावश्यक उजुरी दिदा आफुहरुलाई काम गर्न समस्या आएको बताए । ‘ काम सुरु हुन पाएको छैन अख्तियारमा उजुरी हुन्छ एक पछि अर्को टोली छानबिनका नाममा आउदा हामीलाई काम गर्न समस्या हुने गरेको छ ’ उनले भनिन ।

नगरपालिकामा यत्ति धेरै उजुरी परे पनि कुनै काममा खोट देखाउन सकेको छैनन त्यो हामीले गरेको असल कामको नतिजा भएको उनले बताईन । उनले बिभिन्न योजना र विकास निर्मााणको काममा वडाध्यक्ष, सदस्य, आम जनताले समते चासो लिनु पर्ने उनले बताईन ।

 

सो अवसरमा उनले गत बर्ष मात्र नगरपालिकामा कालेपत्रे, ग्रेभल र पिसिसि गरी ५० किमि बढी सडक निर्माणको काम भएको बिवरण पेश गरिन । कार्यक्रममा शिक्षा, स्वास्थ्य पशु कृषि, सामाजिक विकास लगायत गरी ढेड दर्जन शाखा प्रमुखले प्रगति बिवरण पशे गरेका थिए ।

सो अवसरमा एमालेका नगर अध्यक्ष बेल्बासे, कांग्रेसका नगर सचिव कृष्ण गिरी राप्रापका लिलाधर अधिकारी लगायतले बिभिन्न सुझावहरु दिएका थिए । नगर अध्यक्ष श्रेष्ठको अध्यक्षता र नविन खनालको संचालनमा कार्यक्रम भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu