Connect with us
Kapilvast Forest

सङ्खुवासभामा लाखे जात्रा सुरु

२०७९, १८ श्रावण बुधबारमा प्रकाशित

सङ्खुवासभा- सङ्खुवासभाका नेवार समुदायको लाखे जात्रा सुरु भएको छ । नाग पञ्चमीसँगै जिल्लाको नेवार समुदायको बाहुल्य भएको क्षेत्रमा जात्रा सुरु गरिएको हो ।नेवार समुदायको संस्था नेवाः देय दवूको संयोजनमा नागपञ्चमीका दिनदेखि सुरु भएको लाखे नाच कृष्ण जन्माष्टमीसम्म हरेक दिन प्रदर्शन गरिन्छ । जिल्लाको विभिन्न स्थानमा रहेकोे भीमसेन मन्दिरमा पूजाआजा गरि विधिवत रूपमा लाखे जात्रा सुरु गरिएको नेवाः देय दवूका जिल्ला अध्यक्ष सिता शाक्यले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाम खाँदबारीमा पनि भिमसेनको पूजा गरि मंगलबार साँझबाट लाखे जात्रा सुरु गरिएको छ । भिमसेन मन्दिरमा विधिवत पूजा गरि लाखेमा प्रयोग हुने ढोल, भ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपडा लगायतका सामग्रीको समेत पूजा गरि जात्रा सुरु गरिएको हो ।

द्वापर युगमा भगवान श्रीकृष्ण र उहाँको मामा कंशबीचको लडाईंको झल्को दिने गरी विभिन्न गतिविधि गर्दै नेवार समुदाय भएका बजार क्षेत्रमा लाखे जात्रा गरिने चलन छश्रीकृष्णको जन्मपछि उहाँको मामा कंशको हत्यासँगै लाखे जात्राको समापन हुन्छ । नेवार समुदायको बसोबास रहेको खाँदबारी, चैनपुर, सिभुवा, खराङ, बाह्रविसे र तुम्लिङ्टारमा लाखे नाच्ने गरिन्छ ।

लाखे नाचको लागि विधिवत रुपमा पाठपुजा गरिएपछि विभिन्न क्लव तथा समूहले समेत लाखे नाच नाच्ने गर्दछन् । सदरमुकाम खाँदबारीमा खाँदबारी युथ क्लव र नेवाः देय दवूको सहभार्यमा लाखे नाँच प्रदर्शन गरिन लागिएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu