Connect with us
Kapilvast Forest

विश्वकप २०२२ः मेस्सीलाई अन्तिम मौका

२०७९, २१ श्रावण शनिबारमा प्रकाशित

लियोनल- मेस्सी अर्थात् फुटबलको नयाँ युगका एक महान् खेलाडी । विश्व फुटबलमा उत्कृष्ट खेलाडी को हो ? भन्ने चर्चाका दुई पात्र मध्यका एक हुन् मेस्सी । मेस्सीसँग चर्चामा आउने दोस्रो पात्र हुन् क्रिस्टियानो रोनाल्डो ।

विश्व फुटबलमा अर्जेन्टिना चर्चामा आइराख्ने टोली हो । कारण– म्याराडोना, मेस्सी जस्ता ठूला खेलाडीको जन्म सोही भूमिमा भएको हो । उनीहरूले अर्जेटिनालाई विश्व फुटबलको एक उत्कृष्ट टोली बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

मेस्सी महान् खेलाडी हुन्, यसमा दुई मत छैन । अर्जेन्टिनालाई कोपा अमेरिका जिताएका मेस्सीलाई अहिले आफूलाई सफल साबित गर्ने अन्तिम मौका आएको छ । ​मेस्सीका लागि कतार विश्वकप २०२२ अन्तिम मौका हो । ३५ वर्षे मेस्सीले यसपछि विश्वकप खेल्ने सम्भावना कमै छ । क्लब जीवनमा थुप्रै उपाधि जिताएका मेस्सीले राष्ट्रका लागि विश्वकप उपाधि जिताउने जिम्मेवारी काँधमा आएको छ ।

जति–जति मेस्सीको उमेर बढ्दो छ, त्यति नै फुटबल प्रेमीहरूको मनमा एउटा डर उत्पन्न हुन्छ । कारण उनले देशलाई विश्वकप उपाधि दिलाउन सकेका छैनन् । यसअघि मेस्सीलाई कोपा अमेरिका भए पनि देशका लागि एक उपाधि जिताउने दबाब थियो । त्यो भने मेस्सीले सन् २०२१ मा ब्राजिलमा भएको कोपा अमेरिकाबाट पूरा गरेका थिए ।

मेस्सीले अर्जेन्टिनालाई ‘विश्वकप फुटबल’मा फाइनलमा पुर्‍याए पनि उपाधि दिलाउन भने सकेनन् । अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्ने धेरैजसो खेलाडी युरोपियन क्लबहरूमा राज गरिरहेका छन् । स्पेनिस क्लब बार्सिलोनामा लामो समययता राज गरेर फ्रान्सेली क्लब पीएसजीमा गएका मेस्सी एक सिजन कमजोर फर्ममा रहे । तर, सिजनको सुरुवात हुनु पूर्व उनी उत्कृष्ट फर्ममा छन् ।

मेस्सीसँगै युरोपको फुटबलमा इटालियन क्लब रोमामा पाउलो डिबाला, इटालियन क्लब युभेन्ट्समा एन्जल डी, इटालियन क्लबमा लाउरेटो मार्टिनेज, बार्सिलोनामा मार्टिनेजलगायत खेलाडीहरू विश्व फुटबलमा राज गरेर बसेका छन् ।

जब अर्जेन्टिनाले अन्तर्राष्ट्रिय स्तरमा ठूलो प्रतियोगिता खेल्छ, सबैभन्दा पहिला मेस्सीको नाम आउँछ । गोल गर्ने खेलाडीको पहिलो रोजाइमा रहेका हुन्छन्, उनी । सन् २०१८ मा रुसमा विश्वकप फुटबल सम्पन्न भयो ।

उक्त विश्वकपमा कप्तान मेस्सीले आफ्नो टोलीलाई अन्तिम १६ सम्मको यात्रा तय गराए । तर, फ्रान्ससँग ४–३ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिना विश्वकप फुटबलबाट बाहिरिएको थियो । उक्त हारपछि मेस्सीले राष्ट्रिय टोलीबाट केही समय विश्राम लिए ।

मेस्सी ‘कोपा अमेरिका’का लागि राष्ट्रिय टोलीमा फर्किए । पुनरागमनपछि राष्ट्रिय टोलीबाट मेस्सीले खेलेको पहिलो मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले निकारागुआलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्‍यो ।

उक्त खेलपछि अर्जेन्टिनाले खेलमा राम्रो लय ल्याएको अर्जेन्टिनाका समर्थकहरूको आशा थियो । उक्त आशा त्यसको एक सातापछि निराशामा बदलियो । अर्जेन्टिनाले ‘कोपा अमेरिका’को पहिलो खेलमा नै पराजित हुँदै प्रतियोगिताको नमीठो सुरुआत गर्‍यो । पहिलो खेलमा पराजित हुँदा नै समर्थकहरुले कप्तान मेस्सीको आलोचना गर्न थाले । अर्जेन्टिना कोलम्बियासँग २–० गोलले पराजित भएको थियो ।

पहिलो खेलमा पराजित अर्जेन्टिनाले ‘कोपा अमेरिका’को दोस्रो खेलमा पाराग्वेसँग १–१ गोलको बराबरी खेल्यो । त्यसपछि अर्जेन्टिनालाई तेस्रो खेलमा भने सफलता मिल्यो ।
अर्जेन्टिना क्लाटरफाइनलमा पनि सफल भयो । उसले क्वाटरफाइनलमा भेनेजुयलालाई २–० गोल अन्तरले जित्यो । अर्जेन्टिनाको यात्रा सेमिफाइनलमा सीमित भयो । सेमिफाइनलमा अर्जेन्टिना आयोजक ब्राजिलसँग २–० गोल अन्तरले पराजित भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu