Connect with us
Kapilvast Forest

बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यू : २० उपाधि

२०७९, २१ श्रावण शनिबारमा प्रकाशित

गुर्किरत सिंहले चार गोल गरेपछि बंगलादेशलाई हराउँदै घरेलु टोली भारतले साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ। निर्धारित समयसम्म २-२ गोलको बराबरीमा भएको खेलको अतिरिक्त समयमा भारतले थप तीन गोल गर्दै ५-२ गोल अन्तरमा उपाधि रक्षा गरेको छ ।

भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलको पहिलो मिनेटमै भारतले गोल गर्दै सुरूआती अग्रता लिएको थियो। भारतले पेनाल्टीमार्फत गोल गरेको थियो। पहिलो हाफको अन्तिम मिनेटमा बंगलादेशले बराबरी गोल फर्कायो। राजन होव्लादरले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको हो ।

पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरूआतमै बंगलादेशले अग्रता लियो। खेलको ४८ औं मिनेटमा शमिम मियाले सानदार गोल गर्दा बंगलादेशले अग्रता लिएको हो ।

खेलको ६० औं मिनेटमा नै भारतले खेल पुनः बराबरी गर्‍यो। गुर्किरतले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई खेलमा फर्काए। उनले पेनाल्टी क्षेत्र बाहिरबाट दर्शनीय गोल गरेका थिए। निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त ३० मिनेटमा लम्बिएको हो ।

अतिरिक्त समयको पहिलो हाफमै भारत २ गोल गर्न सफल भयो। ९१ औं मिनेटमा हिमांशुले गोल गर्दै भारतलाई अग्रता दिलाए। त्यसको दुई मिनेटमै भारतले अग्रता दोब्बर पार्‍यो। यो सँगै गुर्किरतले ह्याट्रिक पूरा गरे। यस्तै खेलको ९८ औं मिनेटमा गुर्किरतले अर्को गोल थपे।

यसअघि नेपालमा भएको तेस्रो संस्करण पनि भारतले जितेको थियो। त्यसअघि सन् २०१५ र २०१७ को उपाधि भने नेपालले जितेको थियो। यसपटक नेपाल लिग चरणमा तेस्रो हुँदै फाइनलमा पुग्न सकेन होइन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu