Connect with us
Kapilvast Forest

जसपा लुम्बिनी प्रदेशले गर्यो कडा निर्णय

२०७९, २१ श्रावण शनिबारमा प्रकाशित

कपिलवस्तु- जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समितिको पदाधिकारी बैठक आज सम्पन्न भएको छ । बैठकले स्थानीय तह निर्वाचनको समिक्षा सहित जिल्ला समन्वय समितिको प्रतिवेदन भदौ १० गते भित्र पेश गर्ने निर्णय गरेको प्रदेश अध्यक्ष अशोक यादवले बताउनुभयो ।

लुम्बिनी प्रदेश समिति, नगरपालिका, गाँउपालिकाको प्रदेश स्तरीय भेला तथा पुनर गठन गर्ने निर्णय भएको अध्यक्ष यादवले बताउनुभयो । बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी लुम्बिनी प्रदेश उपाध्यक्ष अब्दुल रशिद खाँको संयोजकत्वम् ७ सदस्य निर्वाचन तयारी समिति गठन गरेको छ ।

पार्टीको बैठकले निर्वाचन केन्द्रित गतिबिधि बढाउन भदौ दोस्रो साता प्रदेश स्तरीय बृहत कार्यकर्ता भेला गर्ने त्यसैगरी भदौ ४ गते समाजबादी महिला भेला नेपालगञ्जमा , भदौ ११ गते समाजबादी युबा भेला दाङको लमही, समाजबादी बिध्यार्थी भेला रुपन्देहीको भैरहवामा भब्यताका साथ सम्पन्न गर्ने निर्णय भएको छ ।

अनुशासन विपरित क्रियाकलापमा संलग्न प्रदेश मुख्य सचिव यज्ञप्रसाद पोख्रेल, प्रदेश उपाध्यक्ष राजकिशोर मिश्रा, प्रदेश सचिव ठाकुर चौधरीलाई कुनै पनि जिम्मेवारीमा नरहने गरी पद मुक्त गरिएको छ । साथै पार्टी अनुशासन विपरित क्रियाकलापमा संलग्न २६ जना केन्द्रीय सदस्यहरुलाई कार्बाहीका लागि केन्द्रीय समितिमा सिफारिस गरिएको ।

बैठकले प्रदेश समितिको आय व्ययको लेखा परीक्षण गराउन पार्टी कोषाध्यक्षलाई अम्बिका काफ्लेलाई जिम्मा दिईएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu