Connect with us
Kapilvast Forest

बुटवलमा जग्गा नापजाँचको काम सुरु

२०७९, २४ श्रावण मंगलवारमा प्रकाशित

बुटवलमा भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोवासलाई लालपुर्जा वितरण गर्न जग्गा नाप जाँचको काम सुरु भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको वडा नं १७ रानीगञ्जमा आज एक समारोहका बीच नापजाँचको उद्घाटन गरिएको हो ।

नगरप्रमुख पाण्डेयले प्रक्रिया पूरा भएका बुटवल क्षेत्रका सबै भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोवासलाई लालपुर्जा दिने बताउँदै लामो समयदेखि समस्या रहेको यो काम अब छिट्टै पुरा गरिने बताउनु भयो ।

राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले उपमहानगरपालिकाको सहकार्य र समन्वयकै कारण बुटवलमा नापजाँचको काम सुरु भएको बताए । आयोग रुपन्देहीका सदस्य यमलाल तिवारीले नापजाँचको काममा साथ दिन स्थानीयलाई आग्रह गरेका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu