Connect with us
Kapilvast Forest

कपिलवस्तुमा आयोजित तिज महोत्सवको तयारी अन्तिम चरणमा

२०७९, २८ श्रावण शनिबारमा प्रकाशित

कपिलवस्तुमै पहिलो पटक तिज महोत्सव लाग्ने भएको छ । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा १२ दिने तिज महोत्सवको आयोजना गरिएको छ । छमछमि इन्टरटेमेन्ट प्रालिका आयोजनामा शिवराज नगरपालिका ५ चन्द्रौटा महोत्सव स्थलमा आयोजना गरिएको आयोजकले जनाएको छ । लामो समय सम्म कोरोना महामारीले गर्दा मनोरजनात्मक कार्यक्रमहरु ठप्प रहेकोले तिजको अवसर उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

कला संस्कृति परम्परा भेषभुषा संस्कारको पहिचान,युवा जगतको अभियान भन्ने मुला नारासहित आयोजित महोत्सवले मौलिक संस्कृतिलाई जगर्ने गर्ने कार्यक्रम संयोजक चिन्ता परियारले बताउनुभयो । शनिवार उक्त महोत्सवको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महोत्सवलाई भव्य रुपमा सफल गराउन विभिन्न समितिहरुले काम गरिरहको उहाँले बताउनुभयो ।

मेलाको तयारी अन्तिम चरणमा पुगेको बताउँदै लामो समय देखि मनोरजनात्मक गतिविधि वाट टाढा रहेका दर्शकलाई कलाकार हरु रमाइलो गराउने आफूहरुको प्रयास रहेको बताउनुभयो । ‘हाम्रो यो जिल्लामै पहिलो प्रयास हो, यसमा सबैले सहयोग गर्न जरुरी छ,महोत्सवलाई कसरी सफल बनाउन सकिन्छ विषयमा केन्द्रीत रहेका छौ, परियारले भन्नुभयो, ‘मेलामा स्थानीय राजनितिक दल संघसस्थामा सबैको सहयोग पाएका छौ, ।

महोत्सवमा तिज डान्स आइडल,खुल्ला तिज गित प्रतियोगिता आयोजना गरिएको सांस्कृतिक संयोजक सुमन पौडेलले बताउनुभयो । राष्ट्रिय कलाकारहरुको प्रस्तुति सगै महोत्सवले स्थानीहरु प्रतिभाहरुलाई पनि उजागर गर्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान वज्राचार्यले पत्रकारको नेतृत्वमा हुन लागेको महोत्सव सफल हुने दावि गर्नुभयो । कल संस्कतिलाई संरक्षण गर्दै स्थानीयलाई प्राथमिकता दिएर दिन आग्रह गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu