Connect with us
Kapilvast Forest

दाङमा पाैडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

२०७९, २९ श्रावण आईतवारमा प्रकाशित

दाङ – दाङमा अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ ।

घोराही उपमहानगरपालिका–२ रामपुर बुकाका २६ वर्षीय निराजन पोखरेल ज्यान गएकाे हाे ।

शनिबार साथीसँग नुहाउन दोभानमा पुगेका पोखरेलको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

दिउँसो नुहाउने क्रममा मानिस डुबेको सूचना पाए लगत्तै अर्जुन खोलाका डीएसपी नवीन बुढाथोकी नेतृत्वको १९ जनाको टोली खटिएको थियो ।

खोज तलास गर्ने क्रममा पोखरेलको शव खोँचमा अड्किएको अवस्थामा फेला परेको थियाे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu