Connect with us
Kapilvast Forest

चन्द्रौटा उबा संघको साधारणसभा सम्पन्न, भोली अधिवेशन हुने

२०७९, ३० श्रावण सोमबारमा प्रकाशित

कपिलवस्तु – चन्द्रौटा उद्योग बाणिज्य संघको १३औं साधारणसभा तथा भवन उद्घाटन समारोह सम्पन्न भएको छ। सोमबार सघंको नव निर्मित भवनमा उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रशाद शर्माको प्रमुख आतिथ्यता तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्या तथा चन्द्रौटा अध्यक्ष जमसेर अलिमियाको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रदेश सभा सदस्या अर्जुन कुमार केसि, शिवराज नगरपालिका नगर प्रमुख अजय थापा, राजस्व कार्यालय कृष्णनगरका प्रमुख, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्याहरु, व्यापार सघं केन्द्रिय सदस्या महादेब पोख्रेल, विभिन्न क्षेत्रका उद्योग बाणिज्य संघका प्रमुख तथा प्रतिनिधि, राजनितीक दलका प्रतिनिधि लायायत उद्योगी व्यवसायिहरुको सहभागितामा साधारण सभा सम्पन्न भएको हो ।

साथै संघ को चौथो अधिवेशन भोलि हुने चन्द्रौटा उद्योग बाणिज्य संघका महासचिव नारायण भाट क्षेत्रि दमनले जानकारी दिनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu