Connect with us
Kapilvast Forest

म्यानचेस्टर सिटी बराबरीमा राेकियाे, चेल्सीकाे लज्जास्पद हार

२०७९, ६ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ।

गएराति भएको खेलमा सिटीले घरेलु टोली न्युकासल युनाईटेडसँग ३–३ गोलको बराबरी खेलेको हो। रोमान्चक खेलमा सुरुआती अग्रता सिटीले बनाएको थियो।

खेलको पाँचौं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। तर, खेलको २८ औं मिनेटमा मिगुएल अल्मिरोनले गोल गर्दै न्युकासललाई १–१ गोलको बराबरीमा फर्काए। खेलको ३९ औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्युकासललाई २९१ को अग्रता दिलाए। खेलको ५४ औं मिनेटमा कप्तान केइरन ट्रिपियरले फ्रिकिकबाट गोल गर्दै न्युकासललाई ३–१ को अग्रता दिलाए।

खेलको ६४ औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई ३–२ को स्थितिमा ल्याए। त्यसपछि खेलको ६४ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई ३–३ गोलको बराबरीमा ल्याए।

यस बराबरीसँगै सिटीले ३ खेलमा ७ अंक जोडेको छ। सिटी अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। न्युकासल ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ।

गएराति नै भएका अन्य खेलमा चेल्सी लिड्स युनाइटेडसँग लज्जास्पद हार व्यहोरेको छ। चेल्सी लिड्ससँग ३–०ले पराजित भयो। यस्तै वेष्टह्यामलाई ब्राइटनले २–० ले हराएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu