Connect with us
Kapilvast Forest

बार्सिलोना र सिटीको बराबरी

२०७९, ९ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं -स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर सिटीबीचको मैत्रीपूर्ण खेल बराबरीमा भएकाे छ।

गए राति भएको खेलमा बार्सिलोना र सिटीले ३-३ गोलको बराबरी खेलेको हो ।

रोमान्चक खेलको २१ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको २९ औं मिनेटमा पीएरे एम्रिक औबमेयाङले गोल गर्दै बार्सिलोनालाई १-१ को बराबरीमा ल्याए ।

खेलको ६६ औं मिनेटमा फ्रेन्की डी योङले गोल गर्दा बार्सिलोना २-१ ले अघि रह्यो ।७० औं मिनेटमा कोल पाल्मेरले गोल गर्दै सिटीलाई २-२ को बराबरीमा ल्याए ।

खेलको ७९ औं मिनेटमा मेम्फिस डीपेले गोल गर्दै बार्सिलोनालाई ३-२ को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा रियाद महरेजले गोल गर्दै सिटीलाई ३-३ को बराबरीमा ल्याएका थिए ।

जुआन कार्लोस अनजुको सम्मानमा लुजोन फाउन्डेसनको लागि कोष रकम जुटाउन मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu