Connect with us
Kapilvast Forest

विधायन समितिको बैठक आह्वान

२०७९, १२ भाद्र आईतवारमा प्रकाशित

काठमाडौं-नागरिकता विधेयकमा पुनर्बिचार गर्न राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आह्वान भएको छ । समितिका जेष्ठ सदस्य नारायण दत्त मिश्रका अनुसार सोमबार मध्यान्न १२ बजेका लागि बैठक बोलाइएको छ ।

‘कसैले बाहिरका विज्ञहरु समेतलाई बोलाउनुपर्छ भनेका छन् । कसैले के भनेका छन् । अनेक कुरा गरेका छन् । तर, मैले समितिमा रहेका १५ जना सदस्यहरु राखेर ब्यापक छलफल गराएर पारित गर्ने सोचेको छु’ मिश्रले अनलाइनखबरसित भने ।

आइतबार मात्रै राष्ट्रिय सभाले नागरिकता विधेयक पुनर्बिचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । भदौ २ गते प्रतिनिधिसभाले राष्ट्रपतिले पुनर्बिचारका लागि फिर्ता पठाएको सन्देशउपर छलफल गरेर, विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभामा आएको १० दिनपछि यो विधेयक अगाडि बढेको छ । अब धेरै ढिलो गर्ने सोच नरहेको विधायन व्यवस्थापन समितिका जेष्ठ सदस्य मिश्रले बताए ।

राष्ट्रिय सभाको अर्को बैठक यही भदौ १६ गते राखिएको छ । सोही बैठकमा समितिको प्रतिवेदन पेश गर्ने र पारित गर्ने स्पिृटमा काम गर्ने योजना रहेको पनि उनले सुनाए । उनी भन्छन्, ‘सकभर १६ गतेको बैठकबाट यो विधेयकलाई टुंग्याउनुपर्छ । समय घर्किइसकेको हुनाले चाँडै गरौं भन्ने इच्छा छ ।’

विधायन समितिमा सत्तारुढ गठबन्धनको बहुमत रहेको छ । कांग्रेसबाट ३ जना सदस्य (जेष्ठ सदस्य मिश्रसहित जितेन्द्र नारायण देव र प्रकाश पन्थ) छन् ।

नेकपा माओवादी केन्द्रबाट ४ जना सदस्य (गंगा कुमारी वेल्वासे, तारामान स्वार, सुरेश कुमार आलेमगर र राधेश्याम पासवान) छन् । एमालेबाट ३ जना सदस्य (देवेन्द्र दाहाल, भगवती न्यौपाने र भैरव सुन्दर श्रेष्ठ) छन् । राष्ट्रपतिबाट मनोनित सांसद विमला राई पौडयाल एमाले निकट मानिन्छन् ।

नेकपा एकीकृत समाजवादीबाट २ जना सदस्य (डा. बेदुराम भुसाल र उदय बहादुर बोहरा) छन् । स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि नेकपा एकीकृत समाजवादी निकट नेता हुन् । जनता समाजवादी पार्टी (जसपा)बाट प्रमिला कुमारी सदस्य छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu