Connect with us
Kapilvast Forest

१६ भदौदेखि गौतमबुद्ध विमानस्थलमा जजिराको दैनिक उडान

२०७९, ७ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं- भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अब दैनिक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । अहिले साताको तीन उडान गरिरहेको जजिरा एयरवेजले १ सेप्टेम्बर (१६ भदौ) देखि दैनिक एक उडान गरी सातामा उडान संख्या सात पुर्‍याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

‘गौतमबुद्धमा यात्रुको उपलब्धताबाट उहाँहरु उत्साहित हुनुहुन्छ,’ उनले भने, ‘सोही अनुसार उडान थप हुन लागेको हो ।’ जजिराले गौतमबुद्ध विमानस्थलमा उडान गरिरहेको छ । जजिराले कुवेतबाट काठमाडौं र भैरहवा दुबै विमानस्थलमा नियमित उडान गरिरहेको छ ।

यो विमानस्थलमा अर्को महिनाबाट वीज एयरले आवुधावीबाट सिधा उडान गर्ने गरी अनुमति लिइसकेको छ । प्रवक्ता निरौलाका अनुसार अक्टोवरबाट भने सो कम्पनी भैरहवामा आउने छ । यी दुई बाहेक अन्य कम्पनी भने तत्काल पाइपलाइनमा छैनन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu