Connect with us
Kapilvast Forest

विजयनगरमा पुग्यो भिडियो एक्स-रे

२०७९, १३ भाद्र सोमबारमा प्रकाशित

कृष्ण पौडेल, कपिलवस्तु -विजयनगर गाउँपालिकाको गुगौलि स्वास्थ्य चौकिमा ग्रामिण भिडियो एक्स-रे सेवा सन्चालनमा आएको छ । कपिलवस्तुमा यो सेवा प्रदान गर्नि दोस्रो पालिका रहेको छ .

आज एक कार्यक्रमका बीच विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले ग्रामिण भिडियो एक्स-रे सेवाको उद्घाटन गर्नुभएको छ । साथै थापाले गुगौलि स्वास्थ्य स्वास्थ चौकीकी अनमि सुमित्रा थापालाई भिडियो एक्स-रे मेसिन हस्तान्तरण गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिकाबाट भिडियो एक्स–रे सेवाको लागि अन्यन्त्र जानुपर्ने र बाहिर जाँदा महंगो पर्ने बताउँदै थापाले गाउँपालिकामै यस्तो सेवा सुचारु भएको र त्यो पनि निःशुल्क भएकाले गाउँपालिकाबासीले प्रशस्त लाभ लिन सक्ने बताउनु भयो।

उपकरणको सही सदुपयोग गर्नुपर्नेमा जोड दिदै बिरामीलाई छिटोछरितो सेवा प्रवाह गर्न उक्त मेसिनले सहयोग पुग्ने बताउँदै थापाले स्वास्थ्य जस्तो संवेदनशील ठाउँमा सेवा प्रभावकारी बनाउन आफू सदैव सहयोग गर्न तत्त्पर रहने बताउनुभयो। गर्भवतीका लागि भिडियो एक्सरे सेवा कै लागि टाढाटाढा धाउनुपर्ने बाध्यताको अन्त्य गरेका छौँ’, थापाले बताउनुभयो ।

त्यसैतै कार्यक्रममा बोल्दै विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले अब गर्भवती महिलाले भोग्नुपरेको जटिलताको समयमै पहिचान हुने बताउनु भो । ‘गर्भावस्थामा आउने जटिलताको कारण महिलाले अकालमै ज्यान गुमाउने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘अब समयमै जटिल अवस्था पहिचान हुने भएकाले आमा र गर्भको शिशुको ज्यान जोगिने भएको छ चौधरी बताउनु भयो।

कार्यक्रम लाइ सम्बोधन गर्दै विजयनगर गाउँपालिका वडा नं २ का वाड अध्यक्ष नेपाल थारुले ’सेवा सञ्चालन सुरु भएसँगै विजयनगर गाउँपालिकाका गर्भवती महिला भैरहवा र बुटवल धाउनुपर्ने बाध्यता हटेको छ ।

‘एक्स–रे मेसिन नहुँदा दैनिक दर्जनभन्दा बढी गर्भावती महिलाहरु यस क्षेत्रबाट बाहिरिँदै गएका थिए । यसलाई मध्यनजर गर्दै सेवा सुरु गरेका छौँ,’ थारुले बताउनुभयो । कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरी, स्वास्थ्यकर्मी, स्वयंसेवीका , लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम विजयनगर स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले गर्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu