Connect with us
Kapilvast Forest

अगस्टमा ४१ हजार पर्यटक भित्रिए

२०७९, १८ भाद्र शनिबारमा प्रकाशित

काठमाडौँ- अगस्ट महिनामा हवाई मार्ग हुँदै ४१ हजार ३०४ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार यो महिनामा १७२ देशबाट सो सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् ।

नेपाल भित्रिने २४ हजार ९२४ जना पुरुष पर्यटक छन् भने १६ हजार ३७२ महिला पर्यटक रहेका छन् । बाँकी आठ जना पर्यटकलाई भने विभागले अन्य समूहमा राखेको छ । विभागका अनुसार अगस्टमा मात्रै ८० हजार ३५३ जना पर्यटकको आगमन भएको छ ।

अगस्टमा सबैभन्दा धेरै भारतबाट १६ हजार १४७ पर्यटक नेपाल आएका छन् । त्यसपछि संयुक्त राज्य अमेरिकाबाट चार हजार ६६ पर्यटक नेपाल भित्रिएका छन् । बेलायतबाट दुई हजार ८२६, बङ्गलादेशबाट एक हजार ७५१, चीनबाट एक हजार २८९ र अस्टे«लियाबाट एक हजार २१० पर्यटक भित्रिएको विभागको तथ्याङ्क छ ।

अगस्टसहित सन् २०२२ को आठ महिनामा नेपाल भित्रिने पर्यटकको कुल सङ्ख्या भने तीन लाख नाघेको छ । विभागका अनुसार यो अवधिमा तीन लाख २६ हजार पर्यटक नेपाल भित्रिएका हुन् । कोभिड–१९ सङ्क्रमणका कारण क्षति बेहोरेको पर्यटन क्षेत्रका लागि पर्यटक सङ्ख्यामा आएको सुधारले भने राहत दिएको छ ।

४३ हजार बाहिरिए

अगस्टमा ४१ हजार पर्यटक भित्रिँदा नेपाल बाहिरिनेको सङ्ख्या भने ४३ हजार २४९ रहेको छ । विभागका अनुसार उक्त अवधिमा २५ हजार ६३६ पुरुष र १७ हजार ५९३ जना महिला पर्यटक बाहिरिएका छन् । त्यस्तै एक लाख ३० हजार ४८६ जना नेपाली पनि अगस्टमा बाहिरिएको विभागको तथ्याङ्क छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu