Connect with us
Kapilvast Forest

चीनतिरै थन्किए सामान, दशैँअघि आउन अब असम्भव

२०७९, २२ भाद्र बुधबारमा प्रकाशित

सिन्धुपाल्चोक – कोभिड–१९ सङ्क्रमणको कारण देखाउँदै चीनले नेपालसँग जोडिएका भन्सार नाकाहरू बन्द गरेपछि सयौँ कन्टेनर सामान चीनतिरै अड्किएका छन् । नाका खुल्नेबारे नेपाल पक्षले कुनै जानकारी नपाउँदा दशैँलाई लक्षित गर्दै ल्याइएका सामान दशैँअघि नेपाल आउने सम्भावना कमजोर भएको छ । अर्कोतिर फलफूल कुहिने अवस्था बनेको छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार बस्नेतले उत्तरी नाका भएर चाडपर्व लक्षित सामान दशैँअघि आउन अब असम्भव रहेको बताउनुभयो ।

लकडाउनका कारण तिब्बत क्षेत्रमा रोकिएका ५० भन्दा बढी कन्टेनरका स्याउ कुहिन थालेको पनि उहाँले जानकारी दिनुभयो । नेपालमा स्याउ आयात गर्ने सबै व्यापारी चिनियाँ भएकाले उनीहरूले नै चीन सरकारलाई सुरक्षा सावधानी अपनाएर उत्तरी नाका खुलाउन दबाब दिइरहेको उहाँले बताउनुभयो । लकडाउनका कारण २ सयभन्दा बढी केरुङ र एक सयभन्दा बढी खासामा, ३० मिम्बु, सिगात्सेमा २५, ल्हासा क्षेत्रमा केही मालवाहक कन्टेनर रोकिएको अवस्था छ । आयात रोकिएपछि बजारमा उधारो सामान रहेको, बैङ्कले ऋण दिन छाडेको जस्ता गुनासा व्यापारीहरूले गर्न थालेका छन्

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu