Connect with us
Kapilvast Forest

बजेट पेश नगर्ने लुम्बिनी प्रदेशका अटेरी स्थानीय तह

२०७९, २२ भाद्र बुधबारमा प्रकाशित

sthaniya-tah-budjet.jpg

काठमाडाै- नयाँ आर्थिक वर्ष सुरु भएर दुई महिना बित्न लाग्दा पनि अझै ४४ वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/८० को बजेट पेश गरेका छैनन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अटेरी गरी बजेट पेश नगर्ने स्थानीय तहमा मधेश प्रदेशमा ३३, लुम्बिनी प्रदेशमा ६, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा २ वटा रहेका छन् ।

नियममा स्थानीय तहले असार मसान्त भित्र चालु आर्थिक वर्षको बजेट पेश गरिसक्नु पर्ने व्यवस्था रहेको छ । तर केही स्थानीय तहले भने अटेरी गरी बजेट नै पेश नगरी बसेका छन् ।

बजेट पेश नगर्ने लुम्बिनी प्रदेशका स्थानीय तहमा गैडहवा गाउँपालिका, मायादेवी गाउँपालिका, छत्रदेवी गाउँपालिका, राजपुर गाउँपालिका, डुडुवा गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिका रहेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu