Connect with us
Kapilvast Forest

बजाज पल्सर एनएस १२५ मोटरसाइकल चन्द्रौटामा

२०७९, १ आश्विन शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल– बजाज पल्सर एनएस १२५ नेपाली बजारमा सार्वजनिक भएको छ । कपिलवस्तुका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता जिनत अटोमोटिभले एनएस १२५ को चन्द्रौटा बजारमा ल्याएको हो । लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले शुक्रबार एक कार्यक्रम बिच बजाज एनएस १२५ पल्सरको उदघाटन गर्नु भयो ।
बजाज पल्सर एनएस १२५ को उदघाटन गर्दै युवाहरुले मोटरसाइकलको सहि सदुपयोग गर्नु पर्ने प्रदेश सदस्य केसीले बताउनु भयो ।

बजाज १२४.४५ सीसीको सिंगल सिलिण्डर एयरकुल्ड, २ भल्भ इलेक्ट्रोनिक्स एफआई इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्ने गरेको विक्रेता जिनत अटोमोटिभका प्रबन्धक निर्देशक फुरकान अकबाल खाँले जानकारी दिनु भयो ।

बजाजमा ५ स्पीडको गियरबक्स रहेको छ । एनएस १२५ को २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक रहेको फुरकान अकबालले बताउनु भयो ।
यसैगरी यसको अगाडि टेलिस्कोपिक फर्क र पछाडि निट्रो मोनोशक रहेको । एनएस १२५ मा १७ इन्चको अलोय ह्वील रहेको छ ।

एनएस १२५ को लम्बाई २०१२ एमएम, चौडाई ८१० एमएम, उचाई १०७८ एमएम, ग्राउण्ड क्लियरेन्स १७९ एमएम र १३५३ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १२ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन १४४ केजी रहेको छ ।

बाइकले ६५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । कम्पनीले सो बाइकको टप स्पिड १०३.२९ किलोमिटर प्रतिघन्टा रहेको दाबी गरेको छ । स्पोर्टी स्प्लिट सिट दिइएको यो नयाँ वाइकको सिट हाइट ८०५ एमएम रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu