Connect with us
Kapilvast Forest

विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

२०७९, २ आश्विन आईतवारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका ६ धर्मानगरमा रहेको विद्यालयका विद्यार्थीलाई निशुल्क शैक्षिक सामाग्री वितरण गरिएको छ । चाईना फउन्डेसन फर पोअब्रेटी एलिभेसनको आर्थिक सहयोग र उदार करुणामयी स्वयम सेवक संस्थाको आयोजनामा शैक्षिक सामाग्री वितरण गरेको शिवराज ६ का वडाअध्यक्ष मेहताब आलम खाँले जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई झोला, कापी, पेन, विभिन्न रंगहरु तथा मास्क, टुथ ब्रस, टुथ पेस्ट, साबुन लगाएत २१ थरी सामाग्रीहरु वितरण गरिएको वडाअध्यक्ष मेहताब आलम खाँले बताउनुभयो । उक्त संस्थाले शिवराज नगरपालिमा २ हजार ६ सय ६९ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्रिहरु तथा स्वाथ्य सामाग्रिहरु सहयोग प्रदान गरेको छ ।

चाईना फउन्डेसन फर पोअब्रेटी एलिभेसनको आर्थिक सहयोग र उदार करुणामयी स्वयम सेवक संस्थाको आयोजनामा नगरका ७ वटा विद्यालयमा विगत ४ दिन लगाएर विद्यार्थीहरुलाई झोला, कापी, पेन, विभिन्न रंगहरु तथा मास्क, टुथ ब्रस, टुथ पेस्ट, साबुन लगाएत २१ थरी सामाग्रिहरु वितरण गरिएको सस्थाका कार्य समिति सदस्य कोमल साकोटाले बताउनुभयो ।

साथै चाइनाका नागरीकहरुले थोरै थोरै पकेट खर्चबाट बचायको रकमबाट नेपालका बालबालिकालाई सहयोग गर्न पाएकोमा चाईना फउन्डेसन फर पोअब्रेटी एलिभेसन प्रतिनिधि लुथिव र टाईलिङले खुःशि ब्यक्त गर्नुभयो ।

नेपालको धनुसा, सर्लाही र कपिलवस्तु गरि २७ वटा विद्यालयमा ६ हजार ६ सय ६७ जना विद्यार्थीहरु शैक्षिक तथा स्वास्थ्य सामाग्रि सहयोग गर्ने कार्यक्रम रहेको उदार करुणामयी स्वयम सेवक संस्थाका निबर्तमान अध्यक्ष यादव गौतमले बताउनुभयो ।

२०७२ सालको विनासकारी भुकम्प पछि विभिन्न संस्थाहरुबाट स्वयमसेवकहरु मिलि उदार करुणामयी स्वयम सेवक संस्था स्थापना गरिएको स्वयमसेवक नवीन शाहिले बताउनुभयो ।

 संस्थाले विगत वर्षमा नगरको २४ वटा विद्यालयमा खानेपानी तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको कार्यक्रम साहयक अमृता पौडेलले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu