Connect with us
Kapilvast Forest

कपिलवस्तुमा अन्तर्राष्ट्रिय काराँते प्रतियोगिता हुने

२०७९, १ कार्तिक मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी- कपिलवस्तुमा अन्तर्राष्ट्रिय स्तरको काराँते प्रतियोगिता —२०२२ हुन भएको छ । जिल्लाको शिवराज नगरपालिका ३ देउराली रिसोर्टमा आगामी कार्तिक १८ र १९ गते अन्तर्राष्ट्रिय स्तरको काराँते प्रतियोगिता हुने आयोजक बुद्ध शक्ती काराँते डोजाका संयोजक रामु सुनारले जानकारी दिनुभयो ।

उक्त प्रतियोगीताको नाम प्रथम बुद्ध शक्ती काराँते प्रतियोगिता—२०२२ राखीएको प्रतियोगीता संयोजक सुनाले बताउनुभयो । आयोजक बुद्ध शक्ती काराँते डोजोको आयोजनामा हुन लागेको अन्तर्राष्ट्रिय काराँते प्रतियोगितामा नेपाल, भारत र भुटानका काराँते खेलाडीहरुको सहभागीता रहने छ । कुल ८ लाखको लागतमा खेल हुन लागेको छ ।

खेलमा देश तथा विदेशका गरी कुल १५ सय खेलाडीहरुको सहभागीता रहने आयोजक बुद्ध शक्ती काराँते डोजोकी रविना सुनारले बताउनुभयो ।

प्रतियोगीतामा भुटानबाट ५० जना, भारतको दिल्लीः ५० जना, चन्दिगढबाट ५० जना र पश्चिम बांगालका ५० जना सहभागी हुने आयोजक बुद्ध शक्ती काराँते डोजोले जनाएको छ । साथै नेपालका विभिन्न जिल्लाबाट १ हजार भन्दा बढी खेलाडी सहभागी हुनेछन ।

प्रथम बुद्ध शक्ती काराँते प्रतियोगिता—२०२२ को प्रथम पुरस्कार २ लाख ५० हजार, शिल्ड र मेडल प्रदान गरिनेछ । त्यस्तै दृतिया र तृतियलाई मेडल प्रमाण पत्र दिने रामु सुनारले बताउनुभयो ।

प्रथम बुद्ध शक्ती काराँते प्रतियोगिता—२०२२ का लागि रामु सुनारको सुंयोजकत्वमा ११ सदस्य तयारी समिति गठन गरी काम गरिरहेको काराते प्रशिक्षक अजय केवटले बताउनुभयो ।

बाहिरबाट आएका खेलाडीहरुको बस्ने खाने व्यवस्थापनमा जुटेको प्रशिक्षक केवटले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu